• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

इन्स्टाको फोटोपछि ‘ब्लाइन्ड’ तपस्याको संगीत ‘यात्रा’

64x64
नेपाल लाइभ सोमबार, चैत १८, २०७५  १४:०७
1140x725

मनोज न्यौपाने/काठमाडौं- उनी कक्षा ४ मा पढ्थिन्। त्यही बेला गुरूकूलमा ‘मधुमालती’को कथामा आधारित नाटकमा अभिनय गर्नु पर्ने भयो। नाटक करिब १७ दिन चल्यो। त्यहीँबाट सुरु भयो मलिका महतको अभिनय यात्रा। बालापनमै भएपनि ऊ बेला दर्शकको रोजाई र नाटकपछिको स्यावासीले उनलाई पुलकित बनायो। त्यो बेलाको झ-झल्को उनको दिमागमा अझै ताजै छन्। 

त्यही समयबाट नै मलिकामा अभिनयको रस पसेको थियो। एक प्रकारको लक्ष्य स्थापित भएको थियो। भविष्यमा के गर्ने? आफन्त र साथीभाइका प्रश्नमा एउटै जवाफ फर्काउथिन्, ‘मलाई अभिनय मन पर्छ,’ उनी थप्छिन् ‘विद्यालयमा रामबाबु रेग्मी सरले नाटक पढाउनु हुन्थ्यो। कारणबस विद्यालयबाट बाहिरिनु भयो त्यसपछि नाटकको माहोल रोकियो। तर म कक्षा ८ मा पढ्दै गर्दा रेग्मी सरको विद्यालयमा पुनः आगनमा भयो। अनि फेरी म नाटकमा जोडिन पाँए।’

उनले कक्षा ११ मा पढ्दा पनि नाटक गर्ने अवसर पाइन्। सँगै दुइवटा म्युजिक भिडियोमा पनि मलिकाले आफ्नो अभिनय देखाउने अवसर पाइन्। गायक स्वप्न सुमनको ‘म तिम्रो’ र उमंगराज श्रेष्ठको ‘फ्लोजन गाइज’ बोलका गीतमा मलिकाले मोडलिङको अवसर पाइन्।

पेसाले व्यापारमा संलग्न बुबा र ज्योतिष आमाकी छोरी मलिका व्यवस्थापन संकायकी विद्यार्थी। उनलाई घरबाट भविष्यमा यो वा ऊ बन्नुपर्छ भन्ने प्रेसर कहिल्यै आएन। तरपनि भविष्य अन्यौल बनेको महसुस गरिरहन्थिन्। पढाइ, थोरै-थोरै मोडलिङ, घरका सामान्य काम र सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’मा फोटो राख्ने मलिकाको दैनिकीको एक भाग जस्तै थियो। 

तर उनलाई के थाहा, इन्स्टाग्राममा राखिएका फोटोले करियरमा छलाङ मार्न सकिन्छ भनेर। उनले अभिनय गरेका दुई  म्युजिक भिडियो तिनै इन्स्टाको तस्बिर हेरेर आएका अफर थिए।  सुनाउछिन्, ‘जतिपनि मलाई अभिनयको अफर आए। सबै इन्स्टाको फोटोबाटै आएका छन्। बेलाबेला त निकै ‘लक्की’ फिल हुन्छ।’ 

मलिकाको जीवनमा इन्स्टाको फोटोको कथा दुई म्युजिक भिडियोमा मात्र सिमित छैन। यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ फिल्ममा मलिका मुख्य भुमिकामा देखिँदै छिन्। उनको यो ठूलो पर्दाको डेब्यु अभिनय हो। फिल्म ‘यात्रा’का लागि पनि मलिकालाई इन्स्टाको फोटोले नै जोडेको हो। 

मन्द मुस्कानमा सुनाउँछिन्,‘इन्स्टामा मैले इ-मेल एड्रेस राखेकी थिएँ। एउटा मेल आयो। निर्देशक सम्राट शाक्यको मेल रहेछ। पछि थाहा भयो फिल्मको स्क्रिप्ट अनुसारको क्यारेक्टर खोजेको लामो समयपछि मेरो इन्ष्टाको फोटो हेरेर मेल गर्नु भएको रहेछ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

मेलमा के लेखिएको थियो? केही समयको मौनतालाई चिर्दै भनिन्,‘सबैकुरा त याद छैन, फिल्मका लागि लामो समयदेखि कथाअनुसारको पात्र खोजिएको रहेछ तर नभेटिएकाले अडिसन चलिरहको छ। इच्छुक हुनुहुन्छ भने अडिसन दिन सक्नुहुन्छ यस्तै-यस्तै थियो।’ 

त्यसपछि उनले फिल्म युनिटलाई भेटिन्। वान लाइन स्टोरी सुनिन्। कथा मन पर्यो। अभिनयका लागि राजी भइन्। फिल्मको क्यरेक्टरका बारेमा केही रोमन्टिक हुँदै सुनाइन्,‘सोचेकै थिइनँ, यस्तो क्यारेक्टरमा अभिनय गर्नुपर्छ भनेर। अलिअलि डर अनि अलिअलि उत्साह मनमा बढ्दै गयो। एक अन्धी ‘ब्लाइन्ड लेडी’ जो संगीतको सामिप्यतामा हराएकी छन्। 

सहरको भिडभन्दा धेरै टाढा गाँउमा एउटा टुंगनाका साथमा आफ्नै पिडा बोकेर गुञ्जनु पर्ने। कथाले मागेका दृष्यमा न्याय गर्नुपर्ने। प्रेसर भारी पर्दै गएको थियो।’  बोल्दाबोल्दै मलिकाको बोली अड्कियो, लामो सास फेरिन् र भनिन्, ‘तर जति सोचेको थिँए उति धेरै गाह्रो भएन। सायद टिम वर्क बलियो भएर होला।’ 

शारीरिक अशक्तता, सांगीतिक रस, टुंगनाको धुन अनि मौलिक र यथार्थपरक अभिनय मलिकाका लागि उति सहज पक्कै थिएन। यसका लागि उनले ३ महिनासम्म निरन्तर मेहनत गरेकी छन्। ‘एकातिर कलेजको पढाइ, अर्कातिर फिल्मका लागि वर्कसप। मलाई निकै गाह्रो भएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

तर मैले आफ्नो भूमिकालाई फिट बनाउन मेहनतको पनि उतिकै खाँचो थियो। अझ क्यारेक्टरका हिसाबले धेरै चुनौती पनि थियो। मैले आँखा नदेख्नेहरुसँग संगत गरे, उनीहरूसँगै खाने हिड्ने। उनीहरूकै नक्कल गर्न थालें।’ मलिका अझ खुल्न थालिन्,‘उनीहरूसँगको संगत पछि घरमा पनि अभ्यास जारी राखें। कहिले पट्टी बाँधेर, त कहिले साथीहरूको साहारामा आँखा नदेख्नेसरह अभिनयमा म तयार भएछु।’ यति भनिसकेर उनी खिस्स हासिन्। 

अनि टुंगना? हत्त न पत्त जवाफ फार्काइन्,‘उम टुंगना पनि मैले त्यही बेला सिकेको हो। वर्कसपकै बेला टुंगना पनि बजाउन सिके। यो मेरो अभियन यात्रामा जोडिएको नयाँ अनुवभ हो। यसबाट फिल्म युनिट प्रति आभारी छु।’ 

फिल्ममा मलिकाले भने जस्तै ‘ब्लाइन्ड लेडी’ तपस्याको भूमिकामा छिन्। उनी काठमाडौंबाट भ्लग (भिडियो) बनाउँदै यात्रामा निस्किएका युवा समिप पुग्छिन्। त्यसपछि शीर्ष पात्र तपस्याको कथावस्तुमा अन्य पात्रहरू रुमलिइरहेको यसअघि सार्वजनिक ट्रेलरमा देख्न सकिन्छ। मलिकाका साथमा छन् अभिनेता सलिनमान बनिया, सलोन बस्नेत, जान्हवी बस्नेत, प्रेक्षा ब्रजाचार्य, रेयर राईलगायतका साथीहरू। 

मलिकाको फिल्म ‘यात्रा’को सुटिङ यात्रा समापन भएको छ। फिल्मका केही प्रचारात्मक विषयवस्तु गीत तथा ट्रेलरसमेत सार्वजनिक भइसकेका छन्। दर्शक प्रतिक्रिया पनि सकारात्मक नै रहेको सुनाउँछिन् मलिका। भन्छिन्,‘म र परिवार त फिल्मको ब्यग्र प्रतीक्षामा छौं। मेरा साथीहरू झनै प्रतीक्षामा छन्। सबैजना फिल्म आउने दिन पर्खन गाह्रो भयो भन्दै सुनाउछन्।’

पहिलो फिल्मका लागि प्रतिक्षा ब्यग्र भएपनि त्यस पछिको फिल्मी यात्राका बारेमाभने मलिका दिशाविहीन छिन्। फिल्म ‘यात्रा’को दर्शक प्रतिकृया र सफलतासँग जोडिएको छ उनको बाँकी जिन्दगीको यात्रा। भन्छिन्,‘फिल्म ‘यात्रामा जोडिएपछि केही अफर आए तर चैत २९ अर्थात् फिल्म प्रदर्शनपछिको प्रतिक्रिया पर्खिरहेकी छु। आशा छ, दर्शकले फिल्म मन पराउनु हुनेछ। र बाँकी अभिनय यात्रा पनि सहज हुनेछ।’

प्रकाशित मिति: सोमबार, चैत १८, २०७५  १४:०७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्