काठमाडौं– फागुन महिनामा प्राकृतिक विपत्तिमा परी १५ जनाको मृत्यु भएको छ भने ८७ जना घाइते भएका छन्।
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको तथ्यांकअनुसार सबैभन्दा बढी आगलागीबाट ६ जनाको मृत्यु भएको छ।
फागुन १ गतेदेखि ३० सम्मको तथ्यांकअनुसार हिमपहिरोबाट २ जना, पहिरोबाट २ जना, चट्याङबाट ४ जना र जनावरको आक्रमणबाट १ जनाको मृत्यु भएको छ।
डुंगा दुर्घटनामा १ जना, आगलागीबाट ३० जना, पहिरोबाट ७ जना, चट्याङबाट ३८ जना र जनावरको आक्रमणबाट ११ जना गरी ८७ जना घाइते भएको तथ्यांकमा उल्लेख छ।
सोही महिनाभित्र घटेका यी विभिन्न घटनाबाट ५ सय ८२ परिवार प्रभावित बनेका छन्। तथ्यांकअनुसार १ सय ८७ घर पूर्ण क्षति भएका छन् भने ४४ घरमा आशिंक क्षति पुगेका छन्।
दुर्घटनाबाट १ हजार ५ सय ८७ जनावरको मृत्यु भएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।