विराटनगर– मोरङको जहदा गाउँपालिका ४ मा आइतबार सर्पदंशबाट एक जनाको मृत्यु भएको छ। राति सवा ९ बजे घर नजिकै सडकमा हिँडिरहेकी ४० वर्षिया भुवनदेवी मण्डललाई सर्पले टोकेको थियो।
उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल विराटनगर पठाइएकोमा उपचारकै क्रममा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।