मुग्लिन– चितवनमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किँदा एकको मृत्यु भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ कुरिनटारस्थित सर्वशान्ति मावि परीक्षा केन्द्रमा एसइई परीक्षा दिने विद्यार्थी बोकेर मुग्लिनबाट आउँदै गरेको बा३ ख ७९९३ नंको यात्रुबाहक बसमा सोही दिशाबाट आएको ना ४ च ३२९० नंको डेलिभरी भ्यान र बा ९० प ८१३२ नंको मोटरसाइकल आज बिहान ७ः३० बजे एकापसमा ठकिएका थिए।
दुर्घटनामा धादिङ ज्यामरुङका ३५ वर्षीय राजन धमलाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख चन्द्रकुमार गिरीले जानकारी दिए।
धमलाको उपचारको क्रममा बिहान १० बजे मृत्यु भएको प्रमुख गिरीले बताए।
दुर्घटनामा भ्यानका चालक सामान्य घाइते भएका छन्।
दुर्घटनाका कारणबारे अनुन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।