दमक- प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द विप्लव समूहलाई हतियार बुझाउन आग्रह गरेका छन्।
आफ्नो निर्वाचन क्षेत्र दमकमा आयोजित एक नं प्रदेश स्तरीय साहित्यिक प्राज्ञिक गोष्ठिको उद्घाटन गर्दै उनले उनले अहिले नै हतियार सरकारलाई बुझाउदा कहाँबाट कसरी ल्याइयो भनेर सोधीखोजी नगरिने समेत स्पष्ट पारे। 'विप्लव समूहले अहिले नै हतियार बुझाएमा कहाँबाट ल्याएको भनेर सोधीखोजी नगरौंला। अटेर गरेर मान्छे मार्दै, चन्दा असुल्दै हिँड्दा कानुन अनुसार नियन्त्रण गरिन्छ।'
यस्तै उनले आफूले सबै शक्ति एकिकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको बताएका छन्।
'कतिपयले प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रित गर्न खोज्यो भन्छन् तर त्यो होइन,' उनले भने, 'अहिले प्रधानमन्त्री शक्तिशाली हुन खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजिएको हो। एकथरी मान्छेले यतिकै हल्ला चलाएका छन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।