क्याम्प नेउ (एजेन्सी)– बार्सिलोनाको अर्जेन्टिनी स्टार लिओनल मेसी अल्डो रोभिरा अवार्डबाट सम्मानित भएका छन्। उनलाई शुक्रबार यो अवार्डबाट सम्मानित गरिएको हो।
बार्सिलोनामा गत सिजन उत्कृष्ट प्रदर्शन गरेबापत उनलाई यो अवार्डबाट सम्मानित गरिएको हो। उनी यो अवार्डबाट पाँचौ पल्ट सम्मानित भएका हुन्। उनलाई यसअघि २००९–१०, २०११–१२, २०१२–१३, २०१४–१५ मा पनि सम्मानित गरिएको थियो।
यो अवार्ड बार्सिलोनाका पूर्व निर्देशक जोसेप लुइस रोभिराको छोराको स्मृतिमा दिने गरिन्छ। जोसेपका छोराको कार दुर्घटनामा निधन भएको थियो। उनकै स्मृतिमा २०१० देखि प्रदान गर्न थालिएको यो अवार्ड मेसीले सबैभन्दा बढी जितेका छन्। फ्रान्सका एरिक एबिडालले २०१०–११, २०१३–१४ मा अर्जेन्टिनाका जाभियर मास्चेरानो र लुइस सुआरेजले २०१५–१६ मा अवार्ड जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।