काठमाडौं– कैलाश विकास बैंकले संस्थागत सामाजिक उत्तरादायित्वअन्तर्गत डस्टबिन वितरण गरेको छ। पोखरा महानगरपालिका–७ मा अवस्थित रत्नचोक टोल विकास संस्थालाई ३५ थान डस्टविन वितरण गरेको हो।
स्वस्थ सफा सुन्दर पोखरा महानगरको अभियानमा थप टेवा पुर्याउने उदेश्यले डस्टबिन वितरण गरिएको बैंकले बताएको छ।
वडाध्यक्ष अध्यक्ष रामचन्द्र बरालको प्रमुख आतिथ्यतामा गरेको उक्त कार्यक्रममा बंैकका कर्मचारी र स्थानिय जनताको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।