ओखलढुङ्गा- ओखलढुङ्गामा स्कार्पिओ जीप दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ।
सिम्रिक एयरको हेलिकोप्टरमार्फट काठमाडौं पुर्याईएका काठमाडौं नयाँ बस्तीका ४६ वर्षीय कुङसिङे शेर्पाको उपचारकै क्रममा मृत्यु भएपछि मर्नेको संख्या ७ पुगेको हो।
यसअघि ताप्लेजुङको ओलाङचुङगोलाका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङको फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौ बौद्धका ४० वर्षीय ङवाङ सेर्तुङ शेर्पा, सोही ठाउँका ३५ वर्षीय नोर्बु शेर्पा, वाङ्दा शेर्पा र डोमा शेर्पाको मृत्यु भएको थियो।
सोलुखुम्बुको जुनबेँसी गुम्बाबाट पूजापाठ गरेर काठमाडौं फर्कंदै गरेको रातो नम्बर प्लेटको बा १६ च २२०७ नम्बरको जीप दुर्घटनामा परेको थियो।
जीप सडकबाट करीब दुई सय मिटर तल खसेको थियो।
दुर्घटनामा चालक कृष्ण श्रेष्ठ र काठमाण्डौको बौद्ध बस्ने मृतक डोमा शेर्पाका छोरा १० वर्षिय मिङमा शेर्पा घाईते भएको प्रहरीले जनाएको छ।
उनीहरुलाई सिम्रिक एयरको हेलिकप्टर मार्फत थप उपचारका लागि काठमाण्डौ पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए।
मृतक ६ जनाकै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।