• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

अहिले त गुण्डा पनि कम्युनिस्ट भएका छन्

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १७, २०७४  ०८:४७
1140x725

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनका लागि उम्मेदवारी नदिएपछि राजनीतिक वृत्तमा एकखालको तरंग छाएको छ। सधैं भक्तपुरमा उम्मेदवार बन्दै र जित्दै आएका बिजुक्छे यसपटक चुनाव लड्दै छैनन्। किन त? उनीसँग किशोर दहालले गरेको कुराकानी:  

यस पटक किन उम्मेदवारी दिनुभएन?
यसपटक पार्टीले नयाँ पुस्तालाई अगाडि बढाउने र स्थान दिने रणनीति बनाएको छ। मैले पार्टीमा लामो समय काम गरेँ। जनताले पनि माया र विश्वास गर्नुभयो। संसदमै २५ वर्षभन्दा बढी काम गरेँ।
 
अहिले हाम्रो पार्टीका युवा पुस्ताको प्रस्तुति पनि निकै राम्रो छ। त्यसैले पनि नयाँ पुस्तालाई अगाडि ल्याउन चाहेका हौं। मलाई लाग्छ, यसले देश र जनताको सेवाको लागि राम्रै हुनेछ।

संसदमा जाने बाटो नै नरोजेपछि तपाईंको आगामी सक्रियता के हुन्छ?
म पार्टीमा छु नि! अध्यक्ष छु, अहिले पनि। त्यसैमार्फत सक्रिय रहिरहन्छु।

वाम गठबन्धनबाट डराउनुभएको त होइन नि?
होइन। उनीहरुले हामीलाई हराउन सक्दैनन्। 

भक्तपुर १ का लागि नयाँ उम्मेदवार बनेका तपाईंका पार्टीका सदस्यले कस्तो मत ल्याउने अपेक्षा गर्नुभएको छ?
राम्रो मत ल्याउनुहुन्छ। चार वर्षदेखि प्रेम सुवालले सदनमै सक्रिय भूमिका खेल्नुभएको छ। उहाँले राम्रो छवि बनाउनुभएको छ। त्यसैले पनि कार्यकर्ता र जनताले राम्रो सहयोग गर्नेछन्। मत दिनेछन्।

मेरो जति सांगठनिक मत आएको थियो, त्यति उहाँले पनि पाउनुहुन्छ। म उठे पनि, साथीहरु उठे पनि मत उस्तै हुन्छ।

तपाईंको आवश्यकता त संसदमै बढी थियो होला नि!
संसदको यो कार्यकालमा मैले राम्रो काम नै गर्न सकिनँ। किनभने, त्यहाँ बोल्नै दिँदैनन्। संसद पहिले जसरी चल्थ्यो, आजकाल त्यसरी चल्दैन। सदन जसरी चल्नुपर्ने हो, त्यसरी चल्न सकेको छैन। यस्तो बेलामा नयाँ पुस्तालाई नै लैजानुपर्ने ठानेर यस्तो निर्णय गरिएको हो।

संसद नै मूल्य मान्यतामा नरहेको महसुस गर्ने तपाईं जस्तो मानिसले छाडिदिँदा अरुलाई झन् सजिलो हुँदैन र?
हाम्रा साथीहरु त संघर्षरत छन् नि। गणपुरक संख्याको बारेमा निरन्तर सचेत बनाउने हामी नै हौं। तर, गणपुरक संख्या नपुगे पनि विधेयक पास गर्न थालेका छन्। यस्तो बेलामा हाम्रो साथीहरुले आवाज उठाएका छन्, विरोध गरेका छन्। उहाँहरुको सक्रियताले धेरै राम्रो काम पनि भएका छन्। त्यसैले पनि उहाँहरुलाई अगाडि बढाउनुपर्छ। त्यसका लागि यो उपयुक्त समय पनि हो।

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ पुस्ता अगाडि बढेपछि वा उनीहरुलाई त्यसका निम्ति सहयोग गरेपछि देश पनि अगाडि बढ्छ नि।

अब तपाईं पार्टीको संगठन विस्तारमा सक्रिय हुने हो?
हो। म त्यतातिर सक्रिय हुन्छु।

के छन् त्यसका लागि योजना?
जनतालाई सैद्धान्तिक कुरा बुझाउनु जरुरी छ। अहिले वाम गठबन्धन गरिरहेका दलहरु खासमा वामपन्थी नै होइनन् भन्ने कति जनतालाई थाहै छैन। जनतालाई झुक्याइरहेका छन्। यस्तै कुरामा मेरो ध्यान जान्छ। गलत कुरालाई भण्डाफोर गर्छु।

हामीले चुप लागेकाले नै नक्कली कम्युनिस्टहरु अगाडि बढ्न थाले। सक्कली कम्युनिस्टहरुलाई अगाडि बढाउन जिम्मेवारी बाँडफाँट गरेको हो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सांसद नै नभए पनि मेरो जिम्मेवारी कम हुँदैन। मैले पूरा गर्नुपर्ने मेरो दायित्व त्यहाँ नभए पनि पूरा गर्छु नै।

निकै लामो समय संसदमै रहेर राजनीति गर्नुभयो। अहिले त्यहाँबाट बाहिर आउन खोज्दै हुनुहुन्छ। विगतमा सरकारका कुनै पदमा नबसेकोमा पछुतो लाग्दैन?
लाग्दैन। मैले आफ्नो आस्थाको राजनीति गरेँ। अब त मैले त्यहाँको जिम्मेवारी पनि साथीहरुलाई सुम्पेर संगठनको काम गर्न पाएँ, यो निकै राम्रो कुरा हो।
 
भनेपछि, नयाँ नारायणमान बिजुक्छे जन्माउने अभियानमा हुनुहुन्छ?
हाहाहा। जनताका छोराछोरी राम्रा हुन्छन् नि! हाम्रा नयाँ युवाहरु लेनिनवादी ढंगले नै अगाडि बढ्छन्।
 
तपाईं संगठनतिर केन्द्रित भएपछि अर्कोपटक आउने संसदीय चुनावमा पार्टीको आकार र गुण कस्तो होला भन्ने अपेक्षा छ?
त्यो बेला आकारप्रकारले भन्दा पनि गुणले अगाडि बढ्छौं। आकार अलिअलि बढ्ला तर गुणचाहिँ निकै बढ्छ। नेपालको कम्युनिस्ट राजनीतिलाई सैद्धान्तिक रुपमा नयाँ दिशामा अगाडि बढाउनेछौं।

अहिले त गुण्डा-डन सबै कम्युनिस्ट भएका छन्। लाजमर्दो भएको छ। त्यसैले पनि हामी खासमै माक्र्सवादी, लेनिनवादी पार्टीका रुपमा नयाँ ढंगले अगाडि बढेर देखाउँछौं।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १७, २०७४  ०८:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
सम्बन्धित सामग्री
म्याक्स टाइगरको दसैँ धमाका : स्कुटर र मोटरसाइकल जित्नेको संख्या ५ पुग्यो अभियानअन्तर्गत बुटवलका नरबहादुर ठोक्करले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। बिहीबार, असोज २९, २०८३
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्