• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

मकवानपुर हुँदै काठमाडौं छिरेकै हुन् विप्लव?

64x64
नारायण अधिकारी आइतबार, चैत १७, २०७५  १८:५९
1140x725

नारायण अधिकारी/काठमाडौं– फागुन २८ गते सरकारले नेत्रविक्रम चन्द 'विप्लव' समूहको गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि उक्त समूहले विभिन्न ठाउँमा विस्फोटका घटना गराउँदै सकारलाई 'चुनौती' दिन खोज्यो। त्यसयता झन् कठोर बनेको सरकारले विभिन्न नेता-कार्यकर्तालाई पक्राउ गर्न थाल्यो। तर, केही दिनयता विस्फोटका घटना कम हुँदै गएका छन् भने पक्राउको संख्या पनि पहिलेको जस्तो छैन।

सत्तारुढ दल नेकपाकै कतिपय नेता विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णयप्रति असन्तुष्ट हुनु र उक्त पार्टीकै वरिष्ठ नेताले आफूलाई जिम्मेवारी दिए वार्ताको वातावरण बनाउन सकिन्न भन्ने अभिव्यक्ति दिनुले भित्रभित्रै संवादको पहल त भइरहेको छैन? यस्तो आशंका गर्नु अस्वाभाविक होइन।

हाम्रो आशंकालाई पुस्ट्याइँ गर्न हामीले सुरक्षा निकायका केही अधिकारीलाई सम्पर्क गर्‍यौं। नभन्दै नेत्रविक्रम चन्द 'विप्लव' आफै वार्ताका लागि काठमाडौं छिरिसकेको एक अधिकारीले दाबी गरे।

OOO 

गत फागुन १० गते ललितपुर नख्खुस्थित एनसेल कार्यालयअगाडि बम विस्फोट भयो। विस्फोटमा सिंहप्रसाद गुरुङको मृत्यु भयो भने आरुषा मानन्धर र प्रतीक्षा खड्का घाइते भए।

उक्त बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लियो। विप्लवका सचिवालय सदस्य तथा मध्यक्षेत्रीय कमाण्ड सुदर्शन ओली (हेमन्त) द्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत घटनाको जिम्मेवारी लिइएको थियो।

त्यसको केही दिनपछि बसुन्धारास्थित वैदेशिक रोजगारी व्यवसायी महासंघका अध्यक्ष रोहन गुरुङको घरमा शक्तिशाली बम विस्फोट भयो। विस्फोटमा गुरुङको गाडी ध्वस्त भयो भने घरसमेत चर्कियो। उक्त विस्फोटको जिम्मा पनि विप्लव समूहले नै लियो।

देशभर चन्दा आतंक फैलाउँदै बम विस्फोटको घटना मच्चाएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई लुटेरा समूहको संज्ञा समेत दिए। स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउतसँग भएको राजनीतिक सहमतिको बारेमा जानकारी दिन फागुन २४ गते राष्ट्रिय सभागृहमा प्रधानमन्त्री ओलीले विप्लव समूहलाई कटाक्ष गर्दै भनेका थिए, ‘कम्युनिस्ट पार्टीको नाम राख्न बन्द गर। लुटेरा समूह नाम राख। लुटेरा समूह अरु पनि छन् भने लुटेरा समूह विप्लव राखे हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि प्रधानमन्त्री ओली विप्लव समूहसँग निकै आक्रामक देखिए। गृहमन्त्री रामबहादुर थापा बादल पनि विप्लव समूहदेखि रुष्ट थिए। उसका गतिविधि राजनीतिक नभएर आपराधिक भएको भन्दै सरकारले गत फागुन २८ गते अन्तत: विप्लव समूहको गतिविधिमाथि प्रतिबन्ध लगायो। सरकारको उक्त निर्णय गलत भएको भन्दै सत्तारुढ दलकै केही नेताले आलोचनासमेत गरेका थिए।

विप्लव समूहमा आबद्धलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्ने, हतियारसहित देखापरे घुँडाभन्दा मुनि गोली हान्ने, उक्त समूहलाई सहयोग गर्नेलाई समेत कारबाही गर्ने लगायतका घोषणा सरकारले गर्‍यो।
त्यसपछि विप्लव समूहका सम्पूर्ण नेता-कार्यकर्ता भूमिगत भए। प्रतिबन्धपछि विप्लव स्वयंले विज्ञप्ति निकालेर प्रतिबन्धको प्रतिकार गर्ने र मुखतोडको जवाफ दिने जनाए। जसबाट स्थिति भड्किने र देश पुन: गृहयुद्धमा जान सक्ने समेत केहीले विश्लेषण गरे।

सरकारले पूर्ण समर्थन पाएपछि सुरक्षा निकायले विप्लव समूहका नेता-कार्यकर्ता पक्राउ गर्न देशभरका प्रहरी कार्यालयलाई सर्कुलर गर्‍यो।

प्रतिबन्धपछि अहिलेसम्म विप्लव समूहका १ सय ३६ जना नेता-कार्यकर्ता पक्राउ परिसकेको नेपाल प्रहरीका एसएसपी उमेश जोशीले बताएका छन्। पक्राउ परेका मध्ये १४ जना रिहा भइसकेका छन्। 

चैत १ गते विप्लव समूहका प्रभावशाली नेता पोलिटब्युरो सदस्य मोहन कार्की (जीवन्त) ललितपुरबाट पक्राउ परे। त्यसको ३ दिनपछि चैत ४ गते नख्खु बम विस्फोटमा संलग्न रहेको भनिएका नुमबहादुर विक र डिकेन्द्र राईलाई पनि प्रहरीले समात्यो।

उनीहरुकै सूचनाका आधारमा विप्लव समूहका सचिवालय सदस्य हेमन्तप्रकाश ओली (सुदर्शन) लाई पक्राउ गर्न काठमाडौंबाट प्रहरी टोली काभ्रे पुगेको थियो। उनी उम्कन सफल भए। पछि चैत ८ गते सुदर्शनसहित ९ जनालाई प्रहरीले काभ्रेबाटै नियन्त्रणमा लियो। पक्राउ परेका विप्लव समूहका सबैभन्दा ठूला नेता हुन् सुदर्शन।

उनी पक्राउ परेपछि सुरक्षा निकायले ठूलो सफलता हात परेको विश्लेषण गर्‍यो। देशैभरबाट विप्लव समूहका अन्य नेता-कार्यकर्ता पक्राउ पर्ने क्रम अहिले पनि जारी छ।

चैत १० गते बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले चैतभित्र विप्लव स्वयंलाई नियन्त्रणमा लिइसक्ने बताएका थिए।

उक्त कुरा सञ्चारमाध्यमबाट बाहिरिएपछि त्यसको भोलिपल्ट विप्लवले विज्ञप्ति निकाल्दै सरकारलाई प्रतिबन्ध हटाउन आगामी चैत मसान्तसम्मको अल्टिमेटम दिए। विप्लवद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ, ‘चैत मसान्तभित्र पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए सरकारका सबै कार्यक्रमविरुद्ध प्रतिबन्ध लगाउनेछौं।’

एक-अर्कोमा वाकयुद्धकै रुपमा प्रधानमन्त्री ओली र विप्लव देखिएका थिए। तर, केही दिनयता ओली विप्लव समूहका बारेमा मौन छन्। कारबाही पनि सेलाएको छ। यता विप्लव समूहबाट पनि अहिले सरकारका बारेमा कुनै धारणा बाहिर आएको छैन। विस्फोट र आक्रमणका घटना पनि सामसुम भएको छ।

दुवै पक्ष एक-अर्काप्रति नरम बन्दै गएको देखिन्छ। यसैबीच नेकपका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चैत १२ गते प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको कार्यक्रममा अर्थपूर्ण अभिव्यक्ति दिए। उनले विप्लव समूहसँग वार्ताको ढोका बन्द नभएको र आफूलाई जिम्मेवारी दिए उनलाई वार्तामा ल्याएरै छाड्ने बताए।

नेता नेपालले भनेझैं विप्लव वार्ताका लागि राजधानी छिरिसकेको सुरक्षा निकायको दाबी छ। स्रोतले भन्यो, ‘हाम्रो सूचना संयन्त्रले देखाएअनुसार उनी मकवानपुर हुँदै राजधानी आइसकेका छन्।’ उनी राजधानी आएको दुई दिन भइसकेको स्रोतले नेपाल लाइभलाई जानकारी दियो।

नेकपा दोस्रो तहका नेतामार्फत उनीसँग वार्ताको प्रयास भइरहेकाले विप्लव काठमाडौं आएको सुरक्षा स्रोतको दाबी छ। अनौपचारिक रुपमा विप्लवसँग सरकारको वार्ता सुरु भएकाले प्रहरीले कारबाहीलाई पनि केही कमी गर्दै लगेको देखिन्छ।

धमाधम नेता-कार्यकर्ता पक्राउ पर्नु र कमजोर बन्दै गएपछि विप्लव वार्ताको आएको हुन सक्ने आँकलन गरिएको छ। यद्यपि विप्लव समूहका नेता भने विप्लव वार्ताका लागि काठमाडौं नआएको दाबी गर्छन्। यसबारे बुझ्न हामीले विप्लव समूहका एक पोलिटब्युरो सदस्यसँग टेलिफोनमा कुरा गरेका थियौं। उनले भने, ‘प्रतिबन्ध नहटेसम्म वार्ता भन्ने नै हुँदैन। विप्लव वार्ताका लागि काठमाडौं आएको भन्ने हल्ला षड्यन्त्रपूर्वक चलाइएको हो। यसमा कुनै सत्यता छैन।’

यदि विप्लव समूह वार्तामा आउन लागेको भए पनि त्यो कार्डमा रुपमा विप्लवले प्रयोग गर्न खोजेको हुन सक्ने पनि आँकलन गरिएको छ। ‘यता नेता-कार्यकर्ता धमाधम पक्राउ परेपछि वार्तामार्फत सहमति गरेर नेता कार्यकर्ता छुटाउने र पुनः आफ्नो रोडम्यापमा लाग्ने रणनीति पनि हुन सक्छ,’ स्रोतले नेपाल लाइभसँग भन्यो।

प्रकाशित मिति: आइतबार, चैत १७, २०७५  १८:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘आइरिस’सँगै फर्कियो ९० को दशक, सामाजिक सञ्जालमा ‘नोस्टाल्जिया’को लहर! झण्डै तीन दशकअघि सार्वजनिक भएको ‘आइरिस’ अहिले फेरि सामाजिक सञ्जालमा सुनिन थालेको छ। पुराना तस्बिर, पुरानो पहिरन र पुरानो गीतले मानिस... शुक्रबार, भदौ २६, २०८३
रसुवा जोड्ने वैकल्पिक मार्गमा यात्रुलाई सास्ती राजमार्ग क्षतिग्रस्त बनेसँगै स्थानीय बासिन्दाले यातायात पहुँच कायम राख्न वैकल्पिक मार्ग निर्माण तथा सञ्चालनमा ल्याउने प्रयास गरिरहेक... बुधबार, भदौ २४, २०८३
जेनजी शहीद गोपालका बुबाआमाको कामना– गोपालहरू मर्नुपर्ने गरी फेरि कुनै आन्दोलन नहोस् आन्दोलनका क्रममा गोपालले ज्यान गुमाएको एक वर्ष पुग्न लाग्दा उनका ८३ वर्षीय बुबा धनपति सेढाईंको मनमा भने छोराको सम्झना अझै ताजा छ। छो... मंगलबार, भदौ २३, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्