मकवानपुर- लागु औषध मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले ७ वर्षपछि पक्राउ गरेको छ।
पर्साको छिपरमाई गाउँपालिका-६ बन्जारीका ३५ वर्षीय नरेश राउत अहिरलाई प्रहरीले पक्राउ गरेको हो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ बाट अहिरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
मकवानपुर जिल्ला अदालतले २०६८ सालमा उनलाई पक्राउ गर्ने आदेश दिएको थियो।
अहिरलाई पुर्पक्षका लागि भिमफेदी कारागार मकवानपुर पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी मुकेशकुमार सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।