पेरिस (एजेन्सी)– दश खेलाडीमा सिमित भएको इभर्टन युरोपा लिगको समूह चरणबाटै बाहिरिएको छ। विहिबार राती लिओन विरुद्धको खेलमा ३–० को पराजय भोगेपछि इंग्लिस क्लब २ खेल खेल्न बाँकी रहेको अवस्थामा प्रतियोगिताबाट बाहिरिएको हो।
इभर्टनले ४ खेलमा १ अंक मात्र जोडेको छ। समूह ‘इ’ मा रहेको यो क्लब युरोपा लिगको अघिल्लो ४ खेलमा एउटा पनि विजय हात नपार्ने पहिलो इंग्लिस क्लब बन्न पुगेको छ। उसले ८० मिनेटमा सिन्डरलिनलाई गुमाएको थियो।
चेल्सीका पूर्व खेलाडी बेट्र्रान्ड टाउरेले ६८ मिनेटमा गोलको खाता खोलेपछि लिओनका लागि होसिम आउरले ७६ र म्यानचेस्टर युनाइटेडका पूर्व मिडफिल्डर मेम्फिस डिपेले ८८ मिनेटमा गोल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।