म्याड्रिड (एजेन्सी)– स्पेनको एक पत्रिका विरुद्धको मुद्धा जितेपछि बार्सिलोनाका स्टार स्ट्राइकर लिओनल मेसीले ‘डक्टर्स विथआउट बोडर्स’ लाई ८१ हजार डलर मेडिकल च्यारिटीबापत प्रदान गरेका छन्।
सन् २०१४ को विश्वकपमा स्पेनको पत्रिका ला राजोनले मेसीमाथी प्रतिबन्धित शक्तिबद्र्धक औषधी नान्ड्रोलन प्रयोग गरेको आरोप लगाएको थियो। फाइनलमा जर्मनीसँग १–० ले हारेको खेलमा मेसी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए।
पत्रिकाले एकहोरो उनीमाथि आरोप लगाउन थालेपछि मेसीले कानुनी कार्यवाही स्वरुप मानहानीको मुद्धा अदालतमा दर्ता गराएका थिए। जुन मुद्धा उनले जितेका छन्। स्पेनको अदालतले उनको मुद्धामा मानहानी भएको ठहर गर्दै पत्रिकालाई क्षतिपूर्तीस्वरुप ८१ हजार डलर जरिवाना गरेको थियो।
मेसीले जरिवानाको यही रकम ‘डक्टर्स विथआउट बोडर्स’ लाई प्रदान गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।