ललितपुर – आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि यहाँ विभिन्न राजनीतिक दलका उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। ललितपुर १–मा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनका तर्फबाट पूर्वप्रहरी नायब महानिरीक्षक सिलवालको मनोनयन दर्ता भएको छ।
नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं १ मा उदयशम्शेर राणा, २ मा चन्द्र महर्जन र ३ मा मदनबहादुर अमात्यले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत बालमुकुन्द दवाडीले बताए।
यसैगरी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्र सम्मिलित वाम गठबन्धनका तर्फबाट क्षेत्र नं २ मा कृष्णलाल महर्जन र ३ मा पम्फा भुसालले मनोनयन दर्ता गराए। यस्तै नयाँ शक्ति पार्टी नेपालका तर्फबाट क्षेत्र नं १ मा दीपक लामा, २ मा रत्न महर्जन र ३ मा दलबहादुर लिम्बूले मनोनयन दर्ता गराएका छन्।
प्रदेशसभाका लागि काँग्रेसबाट क्षेत्र नं १ (क) मा ऋषिराम घिमिरे र (ख) मा मीनकृष्ण महर्जन, क्षेत्र नं २ (क) मा पवनविक्रम थापा र खमा पे्रमकृष्ण महर्जन तथा क्षेत्र नं ३ (क) मा नवराज महत र खमा शिवराम बानियाँले मनोनयन दर्ता गराए।
यसैगरी वाम गठबन्धनका तर्फबाट क्षेत्र नं १(क) मा सुशीला पुन र खमा चेतनाथ सञ्जेल, क्षेत्र नं २ (क) मा माधव पौडेल र खमा ज्ञानेन्द्र शाक्य तथा क्षेत्र नं ३ (क)मा राजकाजी महर्जन र खमा जीवन खड्काले मनोनयन दर्ता गराए।
नयाँ शक्ति पार्टीबाट क्षेत्र नं २ (क) मा चन्द्र महर्जन र खमा लक्ष्मीकुमार श्रेष्ठ तथा क्षेत्र नं ३ (क) मा विनोद महर्जन र ३ (ख) मा ईश्वर घिमिरेले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत दवाडीले बताए। प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरेर १३ जनाबाट उम्मेदवारी दर्ता भएको जनाइएको छ । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।