काठमाडौं– अपहरणको नाटक गरेर परिवारसँग २३ लाख फिरौती माग्ने एक व्यक्ति पक्राउ परेका छन्।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले अपहरणको नक्कली नाटक गर्ने जयभानसिंह भाटलाई पक्राउ गरेको हो। दार्चुलाको नौगाड गाउँपालिका–६ का २६ वर्षीय भाटलाई महाशाखाको टोलीले शनिबार चाबहिलबाट पक्राउ गरेको हो।
उनले आफू अपहरणमा परेको भन्दै परिवारसँग नक्कली नाटक गरेर २३ लाख रुपैयाँ फिरौती माग गरेका थिए।
उनले क्रोएसियामा रहेका दाजुसँग रकम माग गरेको नदिएपछि अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका भाटले क्रोएसिया जान भन्दै केही रकम ऋण लिएका थिए। उक्त पैसा फेसपछि ऋण तिर्नका लागि अपहरणको नाटक गरेको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।