काठमाडौं– आगामी महिना विराटनगरमा हुने एनसिएल महिला टी–२० प्रतियोगितामा सहभागी चार टिमले अक्सनमार्फत खेलाडी आफ्नो टिममा भित्र्याएका छन्।
आइतबार भएको अक्सनमा चार टिमले १३–१३ खेलाडी आफ्नो टिममा भित्र्याएका हुन्। अक्सनमार्फत ५२ खेलाडीलाई चार टिमले आफ्नो टिममा आबद्ध गरेका छन्। यसअघि ४ खेलाडी मार्की खेलाडीको रुपमा भित्रिएका थिए। अब सबै टिममा १४–१४ खेलाडी भएका छन्।
अक्सनमा १० जना खेलाडी महँगा बनेका छन्। पहिलो श्रेणीका सबै खेलाडी तोकिएको सर्वाधिक रकम ७५-७५ हजार रुपैयाँमा आबद्ध भएका हुन्।
अभिनेत्री रेखा थापाको स्वामित्वमा रहेको काठमाडौं सुपर च्याम्पियन्समा तीन जना खेलाडी महँगा खेलाडीको रुपमा भित्रिएका छन्। राष्ट्रिय टिमकी अलराउन्डर नेरी थापा मार्की खेलाडी रहेको काठमाडौंले ममता चौधरी, सरिता मगर र रोमा थापालाई आबद्ध गरेका हो। तीन खेलाडीलाई उसले गोलाप्रथाबाट प्राप्त गरेको हो। यी खेलाडीलाई भित्र्याउन अन्य टिमले पनि चासो देखाउँदा काठमाडौंले गोलाप्रथामा बाजी मारेको हो। काठमाडौंमा पहिलो श्रेणीकी खेलाडी लक्ष्मी चौधरी ४० हजारमा भित्रिएकी छिन्।
यता करुणा भण्डारी मार्की खेलाडी रहेको विराटनगर रोअरिङ लियोनेसले चार जना पहिलो श्रेणीका खेलाडी भित्र्याएको छ। चार मध्ये २ जना महँगा खेलाडी छन्। काजोल श्रेष्ठ र अप्सरी बेगम ७५-७५ हजार रुपैयाँमा भित्रिएका छन्। पहिलो श्रेणीकी ऋतु कनौजिया ६५ हजार र डोली थापा ४० हजारमा विराटनगरमा आबद्ध भएका छन्।

राष्ट्रिय टिमकी कप्तान रुबिना क्षेत्री बेलावसे मार्की खेलाडी रहेको भैरहवा क्विन्सले तीन जना खेलाडी महँगोमा आफ्नो टिममा आबद्ध गरेको छ। उसले सोनु खड्का, इन्दु बर्मा र विन्दु रावललाई सर्वाधिक ७५–७५ हजार रुपैयाँमा भित्र्याएको हो।
अर्को टिम धनगढी वन्डरवुमेनमा सीता रानामगर मर्की खेलाडी छिन्। यो टिममा कविता कुँवर र ज्योती पाण्डे महँगा खेलाडी बनेका छन्। उनीहरु ७५–७५ हजार रुपैयाँमा भित्रिएका हुन्। धनगढीमा पहिलो श्रेणीका सबनम राई ७० हजारमा, संगिता राई ४० हजार र आरती बिडारी ४० हजार रुपैयाँमा आबद्ध भएका छन्।
प्रतियोगिता आगामी बैसाख ७ देखि १४ गतेसम्म विराटनगरको बैजनाथपुर रंगशालामा हुने तय भएको थियो। तर यो मितिमा आठौं राष्ट्रिय खेलकुद हुने भएकाले अब वैशाख अन्तिम साता प्रतियोगिता गर्ने आयोजकले जनाएको छ।
कुन खेलाडी कुन टिममा? हेर्नुहोस् :


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।