नयाँ दिल्ली- कांग्रेस अध्यक्ष राहुल गान्धी अमेठीका साथै केरलाको वायनाडबाट पनि चुनावी मैदानमा होमिदै छन्।
राहुल गान्धीका विषमया विगत केही दिनदेखि अनेकौं अनुमान सतहमा आएका थिए। तर, आइतबार मात्रै कांग्रेस नेता एके एन्थनीले यो खबर पुष्टि गर्दै भनेका छन्, ‘अध्यक्ष गान्धी दुई स्थानबाट चुनाव लड्ने छन्।’
दिल्लीस्थित पार्टी मूख्यालमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता एन्थनीले अध्यक्ष गान्धीले केरलाको वायनाडस्थानमा पनि उम्मेदवारी दिनुपर्ने कारण खुलाए। उनी भन्दै थिए, ‘दक्षिण भारका चार राज्य, आन्द्र प्रदेश, तमिलनाडु, केरला र कर्नाटकमा कांग्रेसलाई अझै बलियो बनाउन पनि राहुलको उम्मेदवारीको अर्थ छ।’
यतिसम्म कि अरु राज्यहरुबाट पनि राहुलले चुनाव लडिदिउन् भन्ने माग आइरहेको तर्क उनको थियो।
कांग्रेस प्रवक्ता रणदीप सुरजेवालाले भने वायनाडमा राहुलको चयन त्यहाँको विशिष्ठता कायम राख्नलाई गरिएको निर्णय बताएका छन्। उनले भनेका छन्, ‘अमेठी राहुलका लागि कर्मभूमी हो। अमेठीसँग उनको सम्बन्ध पारिवारिक तहको छ। त्यसैले अमेठी छोड्ने कुरै थिएन। तर वायनाडलाई पनि छान्नु भौगोलिक र सांस्कृतिक कारणले हो।’
केरलाका सबै लोकसभा स्थानका लागि २३ अप्रिलमा मतदान हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।