काठमाडौं– एसियन वुमन इलाइट बक्सिङ च्याम्पियनसिपमा नेपालकी ललिता महर्जनले पहिलो खेलमा जित निकालेकी छन्।
भियतनामको हो चि मिन्ह शहरमा बिहीबारदेखि सुरु भएको च्याम्पियनसिपमा ४८ केजी तौलसमूहमा ललिताले सिंगापुरकी लिना हुँ जिन इलाई पराजित गरेर दोस्रो चरणमा स्थान बनाएकी हुन् । तीन राउन्डको भिडन्तमा ललिताले हुँ जिनलाई अंकको आधारमा पराजित गरेकी हुन्।
बिहीबार नै प्रतिस्पर्धा गरेका विमला श्रेष्ठ र संगीता सुनार भने पराजित भएका छन् । ५४ केजी तौलसमूहमा प्रतिस्पर्धा गरेकी विमला चीनकी पियोपियो लिउसँग अंकका आधारमा पराजित भइन् । ६० केजीमा संगीतालाई श्रीलंकाकी डुलान्जनी लाकापुरन्गीले अंककै आधारमा हराइन्।
अर्की मुक्केवाज पुनम रावल बाई पाएर क्वार्टरफाइनल प्रवेश गरेकी छिन् । शुक्रबार हुने क्वार्टरफाइनलमा पुनमले ६४ केजी तौलसमूहमा थाइल्यान्डकी पेमालिन लाकपेनसँग प्रतिस्पर्धा गर्नेछिन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।