एजेन्सी- इटालीयन सिरि एमा युभेन्ट्स उपाधितर्फ अघि बढेको छ। युभेन्ट्सले शनिबार राति भएको खेलमा इम्पोलीमाथि १-० को जित हात पार्यो। उसका लागि किनले खेलको ७२ मिनेटमा गोल गरेका थिए।
लगातार आठौं उपाधितर्फ अघि बढिरहेको युभेन्ट्सलाई अब ९ खेलमा १३ अंकको आवश्यकता छ। लिगमा उसले २९ खेलबाट ७८ अंक जोडेको छ। एक खेल कम खेलेको दोस्रो स्थानको नापोलीको ६० अंक छ।
यता जर्मन बुन्डेस लिगमा बोरुसिया डर्टमुन्ड शीर्ष स्थानमा फर्किएको छ। डर्टमुन्डले शनिबार वुल्सवर्गलाई २-० गोलले पराजित गर्यो। उसका लागि अल्कासरले ९० र इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरेका थिए।
लिगमा शीर्ष स्थानमा उक्लिएको डर्टमुन्डको २७ खेलबाट ६३ अंक छ। दोस्रो स्थानको वायर्न म्युनिखको ६१ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।