म्यानचेस्टर- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइडेटले सजिलो जित हात पारेको छ।
लिगको चौथो स्थानमा उक्लिएको युनाइटेडले वाटफोर्डमाथि २-१ को जित हात पारेको हो। उसका लागि मार्कोस रास्फोडले खेलको २८ मिनेटमा र मार्टियलले ७२ मिनेटमा गोल गरे। वाटफोर्डका डोउकोरले ९० मिनेटमा गरेको गोल सान्त्वनामै सीमित भयो।
यता पूर्व विजेता लेस्टर सिटीले वर्नमाउथलाई २-० गोलले पराजित गरेको छ। उसका लागि मोर्गानले ११ र जिमी भर्डीले ८२ मिनेटमा गोल गरे।
अन्य खेलमा ब्रिङटनमाथि साउथह्याम्टनले १-०, वर्नलीले वुल्भ्सलाई २-०, क्रिस्टल प्यालेसले हडर्सफिल्डलाई २-० र एभर्टनलले वेस्ट ह्यामलाई २-० गोलले पराजित गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।