दिल्ली- प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटअन्तर्गत दिल्ली क्यापिटल्सले कोलकाता नाइटराइडर्समाथि सनसनीपूर्ण जित हात पारेको छ।
शनिबार राति भएको खेलमा दिल्लीले सुपर ओभरमा जित हात पारेको हो। खेल बराबरी भएपछि भएको सुपर ओभरमा दिल्लीले १० रन जोडेको थियो। ११ रनको लक्ष्य पाएको कोलकाताले ७ रन मात्र जोड्न सक्यो। सुपर ओभरमा दिल्लीका कागिसो राबाडाले उत्कृष्ट बलिङ गरेका थिए। ब्याटिङमा आएका आन्द्रे रसेलले पहिलो बलमा चौका प्रहार गरेपनि तेस्रो बलमा बोल्ड भएका थिए।
त्यसअघि दुवै टिमले निर्धारित २० ओभरमरा १ सय ८५ रन जोडेका थिए। दिल्लीका लागि पृथ्वी शाहले ९९ रन जोडे। कोलकताका आन्द्रे रसेलले २८ बलमा ६२ रन जोडे। खेलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले पनि मौका पाएका थिए। उनले दिल्लीका लागि ४ ओभरमा १ विकेट लिँदा १ रन आउट गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।