जनकपुर– धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–३ सिनुरजोडाका अति विपन्न सादा परिवारलाई लत्ता कपडा, खाद्यन्न सामाग्रीहरू सहयोग गरिएको छ।
सिनुरजोडाको पश्चिमवारी टोलाका ४४ घरपरिवारमध्ये अति विपन्न परिवार अघनु सादा र सुभदर सादाका परिवारलाई पत्रकार दीपेन्द्र सिंह र शिक्षा अभियन्ता समाजसेवी राधा कोइरालाको पहलमा वितरण गरिएको हो।
हाल अमेरिकामा बसोवास गर्दै आएका पाकिस्तानका नागरिक डा. अरिफ मोहम्मदको आर्थिक सहयोगमा सामग्री प्रदान गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।