काठमाडौं– यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो पटक खेलेका नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मध्यम प्रदर्शन गरेका छन्। दिल्ली क्यापिटल्सका बलर सन्दीपले कोलकता नाइट राइडर्सविरुद्धको खेलमा ४ ओभरमा १ विकेट लिँदा २९ रन खर्चिएका छन्। सन्दीपले २ चौका र २ छक्का खादा १२ बल डट फ्याँके।
सन्दीपले आफ्नो दोस्रो ओभरमा कोलकताका निखिल नायकलाई ७ रनमा आउट गरेका थिए। सन्दीपले निखिललाई चौथो ओभरको चौथो बलमा एलबिडब्लूको धरापमा परेका हुन्। यो ओभरमा सन्दीपले १ विकेट लिँदा १ चौकासहित ६ रन खर्चिए। दोस्रो ओभरमा आफ्नो पहिलो बलिङ गरेका सन्दीपले केवल १ रन दिएका थिए।
दशौं ओभरमा तेस्रो ओभर गरेका सन्दीपले ५ रन खर्चिएका थिए। सो ओभरको पहिलो बलमा सन्दीपले कोलकताका शुभमान गिललाई रनआउट गरेका थिए। १२औं ओभरमा आफ्नो चौथो ओभर गरेका सन्दीपका लागि यो ओभर राम्रो हुन सकेन। सन्दीपले यो ओभरमा १ चौका र २ छक्का बेहोरे।
खेलमा टस हारेको कोलकताले पहिले ब्याटिङ गरिरहेको छ।
दिल्लीको टिममा पृथ्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, कोलिन इनग्राम, हनुमा बिहारी, क्रिस मोरिस, अमित मिश्रा, सन्दीप लामिछाने, कागिसो राबाडा र हर्षल पटेल छन्।
यसअघि दिल्लीले सन्दीपलाई सुरुवाती दुई खेलमा मौका दिएको थिएन। मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा मौका नपाएका सन्दीपले मंगलबार चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा पनि पहिलो रोजाइमा स्थान पक्का गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।