लन्डन– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटी पुन: शीर्ष स्थानमा उक्लिएको छ। सिटीले शनिबार भएको खेलमा फुलह्यामलाई २–० ले हराएर शीर्ष स्थानमा फेरि फर्किएको हो।
शनिबार सिटीको जितमा बेर्नान्डो सिल्भा र सर्जियो अग्युरोले १–१ गोल गरे। सिल्भाले पाँचौ मिनेटमा गोल गरेर सिटीलाई सुरुवातमै अग्रता दिलाएका थिए। अग्युरोले २७ मिनेटमा सिटीका लागि दोस्रो गोल गरे।
सिटीले पहिलो १५ मिनेटमा १० प्रहार गरेको थियो।
जितसँगै शीर्ष स्थानको सिटीले ३१ खेलबाट ७७ अंक जोडेको छ। दोस्रो स्थानको लिभरपुलको ७६ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।