काठमाडौं– नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले यस सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पहिलो पटक पहिलो रोजाइमा परेका छन्।
दिल्ली क्यापिटल्सले सन्दीपलाई कोलकता नाइट राइडर्सविरुद्धको खेलमा सन्दीपलाई पहिलो रोजाईमा राखेको हो।
खेलमा टस जितेको दिल्लीले पहिले बलिङ गर्दैछ। दिल्लीको टिममा पृथ्वी शा, शिखर धवन, श्रेयर इयर, रिशव पन्त, कोलिन इनग्राम, हनुमा बिहारी, क्रिस मोरिस, अमित मिश्रा, सन्दीप लामिछाने, कागिसो राबाडा र हर्षल पटेल छन्।
यसअघि दिल्लीले सन्दीपलाई सुरुवाती दुई खेलमा मौका दिएको थिएन। मुम्बई इन्डियन्सविरुद्धको पहिलो खेलमा मौका नपाएका सन्दीपले मंगलबार चेन्नई सुपरकिंग्सविरुद्धको खेलमा पनि पहिलो रोजाइमा स्थान पक्का गरेका थिएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।