काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिजिबिलिटी कम हुँदा विभिन्न गन्तव्यबाट आएका जहाज तथा विभिन्न गन्तव्य जान लागेका जहाजको उडान तथा अवतरणमा समस्या आएको छ।
विमानस्थल कार्यालयले अहिले आइएफआर प्रविधिबाट जहाज उडान तथा अवतरण गरिरहेको छ। भिएफआर प्रविधि अनुसार जहाज अवतरण तथा उडान गर्न मौसम प्रतिकूल देखिएकाले आइएफआर प्रविधि प्रयोग गर्नुपरेको विमास्थल कार्यालय प्रमुख राजकुमार क्षेत्रीले जानकारी दिए।
अहिले आइएफआर प्रविधिबाट जहाज अवतरण गर्नुपर्दा केही समय जहाजले आकाशमै फन्को मार्नुपरेको उनको भनाइ छ।
आइएफआरमा १६ सय मिटर भिजिबिलिटी भए पुग्छ भने भिएफआरमा ५ हजार मिटर भिजिबिलिटी चाहिन्छ। तर, अहिले विमानस्थलको भिजिबिलिटी १६ सय मिटरमा रहेको कारण आइएफआर प्रविधिबाट जहाज उडान तथा अवतरण गराउनुपरेको उनको भनाइ छ। जसका कारण केही समय जहाज डिले भएको उनको भनाइ छ।
भिएफआरमाभन्दा आइएफआरमा जहाज उडान तथा अवतरण गराउँदा केही समय बढी लाग्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।