गाजा– इजरायलको सिमानामा पर्ने गाजामा प्रदर्शनका क्रममा गत एक वर्षमा कम्तीमा २ सय ६६ जनाको मृत्यु भएको छ भने अरु ३० हजार जना घाइते भएका छन्।
गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार मृत्यु भएका मध्ये ५० जना बालबालिका रहेका छन्।
त्यसैगरी ६ जना महिला, एक जना वृद्ध, तीन जना स्वास्थ्यकर्मी र दुई जना पत्रकार पनि मारिएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख छ।
सिन्ह्वालाई प्राप्त मन्त्रालयको वक्तव्यमा घाइतेहरूको संख्या ३० हजार ३ सय ९८ रहेको उल्लेख गरिएको छ। ती मध्ये १६ हजार २७ जनालाई अस्पताल लगिएको थियो भने ५ सय ३६ जना गम्भीर घाइते भएका थिए।
सोही अवधिमा दुई जना इजरायली सैनिकको पनि मृत्यु भएको अधिकारीहरूले शुक्रबार जनाएका छन्।
प्यालेष्टिनी समूहले इजरायली सीमानामा आगलागी गराउन १९ सय ६३ बेलुन गाजाबाट इजरायल तर्फ उडाएका र यसबाट आठ हजार ‘एकर्ड‘भन्दा धेरै जमिनमा असर पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।