स्याङ्जा– स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ च्याम्पियनसिप बुधबारदेखि सुरु भएको छ। च्याम्पियनसिप भिरकोट नगरपालिका– ५ मा २० कात्तिकसम्म चल्ने छ।
च्याम्पियनसिपमा २० देशका १ सय ८५ जनाको सहभागिता रहेको छ । प्रतिस्पर्धीले १२ स्वर्ण, १२ रजत र १२ कास्य गरी कुल ३६ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
पहिले र दोस्रो दिन एक्युरेसी, तेस्रो र चौथो दिन क्रस कन्ट्री र पाँचौ र छैटौ दिन टेन्डम विधाका खेलहरु हुने छ। सहभागि प्रतियोगीहरुले स्बरेक डाँडाबाट उडान भरी आधिखेलाको किनार तैबा फाँटमा अवतरण गर्नेछन ।
प्रतियोगिताबाट सन् २०१८ मा इन्डोनेसियामा हुने एशियाली हवाई खेलकुदका लागि चार महिला र आठ पुरुष खेलाडी छनोट गरिने भएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।