काठमाडौं- राजधानीको कमलादीमा बुधबार साँझ गोलीकाण्ड मच्चाउने दुई भारतीय सार्पसुटर प्रहरीले सार्वजनिक गरेको छ।
गोली चलाएर भाग्दै गरेको अवस्थमामा पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंह पक्राउ परेका थिए।
कमलादीको हेरिटेज प्लाजामा होटलको बिलका साथै एक युवतीसँग विवाद भएपछि उनीहरुले गोली चलाएको प्रहरीले जनाएको छ। आफूहरु प्रहरी भएको भन्दै उनीहरु गोली चलाएर भागेका महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए ।
थिए।
उनीहरु भारतीय नागरिक भारतीय नम्बर पिबि१०एफएस ७४४९ को कारमा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए। उनीहरु मंगलबार मात्र काठमाडौं आएका हुन्। प्रहरीले उनीहरु सवार कार र पेस्तोल नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।