सप्तरी– प्रश्नपत्र आउट भएपछि एसइई स्थगित गरिएको विरोधमा सप्तरीमा बिहानैदेखि विद्यार्थीले आन्दोलन गरेका छन्।
सप्तरी खडक नगरपालिका–३ स्थित विद्यार्थीहरूले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्।
त्यसैगरी सदरमुकाम राजविराजमा टायर बालेर प्रदर्शन गरिरहेका छन्।
अवरुद्ध राजमार्ग खुलाउन प्रहरी लागिपरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।
'यो विद्यार्थीको आक्रोस हो। शान्तिपूर्ण आन्दोलन छ,' डिएसपी रिमालले भने, ' हामी अवरुद्ध राजमार्ग खुलाउने प्रयासमा छौं।'
शनिबार हुने एसइई अन्तर्गत अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षाको प्रश्नपत्र पनि शुक्रबार आउट भएपछि प्रदेश २ का सबै केन्द्रहरूमा परीक्षा स्थगित गर्ने निर्णय सरकारले गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।