कोलम्बो (एजेन्सी)– श्रीलंकाका टेस्ट कप्तान दिनेश चण्डीमलले जादुमन्त्रको सहयोगले पाकिस्तानलाई टेस्ट शृंखलामा पराजित गरेको अचम्म लाग्दो बयान दिएका छन्।
पाकिस्तान विरुद्ध टि–२० शृंखला सकेर घर फर्किने क्रममा उनले स्थानीय पत्रकारहरुलाई यो जानकारी दिएका हुन्। उनले युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको २ टेस्टको शृंखलामा पाकिस्तानलाई २–० ले पराजित गर्न जादुमन्त्रको सहयोग लिएको बताए।
श्रीलंकाले टेस्ट शृंखला आफ्नो पक्षमा राखे पनि ५ एकदिवसीय र ३ टि–२० शृंखलामा क्लिन स्विप भएको थियो।
कप्तान चण्डीमलले टेस्ट शृंखलाभन्दा अगाडि आफूले एकजना तान्त्रिकसँग आर्शीवाद लिएको बताए। उनले भने, ‘म तान्त्रिक हुन् वा पादरी, जोसँग पनि आर्शीवाद थाप्न तयार रहने गर्छु।’ उनले क्रिकेटमा प्रतिभा मात्र भएर नहुने आर्शीवाद पनि जरुरी पर्ने बताए।
चण्डीमलले आर्शीवाद लिएका तान्त्रिकले पनि श्रीलंकाले कालो जादूको सहयोगले पाकिस्तानलाई टेस्ट शृंखलामा हराएको दावी गरेका थिए। यसपछि चाण्डीमलले स्विकार गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।