• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज २६, २०८३ Mon, Oct 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रांगारिक उत्पादनमा रमाउँदै राँके

64x64
नेपाल लाइभ शनिबार, चैत १६, २०७५  ०८:११
1140x725

फिदिम– सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महिना राताम्य अकबरे खुर्सानी। मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्रांगारिक सागसब्जी। ललीपप, छुर्पी, घिउलगायत प्याकेटमा राखिएका स्थानीय दुग्ध उत्पादनहरू। 

विभिन्न प्रकारका प्रांगारिक चिया। चिमफिङ, टिम्बुर, खनक्पालगायत स्थानीय जडीबुटी। पूर्वी पहाडमा उत्पादन हुने मौसमअनुसारका किबी, सुन्तला, स्याउलगायत फलफूल। सबै वस्तु सजाएर राखिएका छन्। 

इलामबाट पाँचथर र ताप्लेजुङ जाने सबैलाई आकर्षित गर्छ यी सबै कुरा पाइने स्थानीय उत्पादनको राँके बजारले। मेची राजमार्गमा प्रायः साना सवारीसाधन गुड्छन् र ती सबै रोकिन्छन् यही आकर्षक बजारमा।

पाँचथर र इलाम जिल्लाको सिमानामा अवस्थित, मेची राजमार्गमा पर्ने राँके बजार स्थानीय उत्पादनको बजारको रुपमा परिचित छ। 

बिक्रीका लागि आकर्षक ढंगबाट राखिएका स्थानीय उत्पादनले मेची राजमार्ग भएर यात्रा गर्ने सबैलाई लोभ्याउने गरेको छ। त्यसैले यहाँ स्थानीय उत्पादनको बिक्री पनि राम्रो छ। यहाँका प्रांगारिक उत्पादन खरिद नगर्ने कमै मात्र यात्रु हुन्छन्।

 यहाँ बिक्रीका लागि राखिएका वस्तुको स्वादले धेरैलाई लठ्याउँछ, खरिद गर्ने धेरैले भन्छन्, 'आहा ! राँके।' 

पाँचथर र इलाम जिल्लामा फैलिएको राँके बजारमा दैनिक लाखौंको स्थानीय उत्पादन बिक्री हुने गरेको छ। यो बजारको आधार भनेकै मेची राजमार्ग हो। मेची राजमार्ग भएर हिँड्ने यात्रुका कारण यहाँको व्यवसाय लोभलाग्दो छ। यात्रा गर्ने अधिकांशलाई आकर्षण गर्न सक्नु यहाँका व्यवसायीको खुबी हो। 

विगत १३ वर्षदेखि राँके बजारको मध्यभागमा स्थानीय उत्पादनको व्यवसाय गर्दै आएका चन्द्रवीर तामाङ सरदरमा दैनिक रु ७ हजार मूल्यको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताउँछन्। 'ललीपप, छुर्पी, अकबरे खुर्सानी सबैभन्दा बढी बिक्री हुन्छ,' तामाङले भने, 'यो बाटोबाट यात्रा गर्ने प्रायः यात्रुले हाम्रा सामग्री खरीद गर्नुहुन्छ।' 

Ncell 2
Ncell 2
nimb
nimb

अर्का व्यवसायी नवीन नेम्वाङ दैनिक करिब रु २० हजार मूल्यको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताउँछन्। स्थानीय उत्पादन सधैं बिक्री हुने भए पनि वडादसैं, तिहार र पाथीभरा मन्दिर दर्शनको समयमा अत्यधिक बिक्री हुने गर्दछ। 

पाथीभराको आशीर्वाद 

प्रत्येक वर्षको बैसाख, असोज, कात्तिक, मंसिर र चैतमा मेची राजमार्ग भएर लाखौं तीर्थयात्री ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न पुग्दछन्। पाथीभराबाट फर्केका यात्रु राँकेमा केही न केही सामग्री खरिद नगरी हिँड्दैनन्।

यसैले यहाँका व्यापारी ठान्छन्, 'उनीहरूको व्यापार फस्टाउनुमा पाथीभरा माताकै आशीर्वाद छ।'

Xtrem

Xtrem

'पाथीभरा जाने मौसममा बिक्री गर्नै भ्याइनभ्याई हुन्छ,' व्यवसायी नेम्वाङले भने, 'वर्षदिनको कमाइसमेत पाँच महिनामै हुन्छ।' यस्तै पूर्वी पहाड घर भई तराईका जिल्ला, ठूला सहर तथा राजधानीमा बस्नेहरू दसैंमा घर फर्कने गर्दछन्।

पाथीभरा दर्शनको मौसम पनि यही समय हो। यस समयमा राँकेमा एकैदिन करोडौंको व्यापार हुने गरेको व्यवसायीको अनुभव छ। 

सधैं धुम्म रहने, तुवाँलो लागिरहने राँके अत्यधिक ठन्डा हुने स्थानसमेत हो। यसकारण यहाँ धेरै सवारी रोकिन्छन्, यात्रुले खाना र नास्तासमेत खान्छन्। यात्रुले चिसो ठाउँमा खाना खाँदा छुट्टै आनन्द हुने बताउने गरेका कारण यहाँ धेरैले खाना खाने गरेको सवारी चालक राजु विश्वकर्माको भनाइ छ।

यसरी खाना र नास्ता खाने यात्रुहरूले खोजीखोजी प्रांगारिक उत्पादन खरीद गर्ने गरेको विश्वकर्माको भनाइ छ।

कृषकलाई सहज 

फाल्गुनन्द गाँउपालिका–३ का कृषक राजकुमार नेम्वाङ राँके बजारका कारण स्थानीय कृषि उपज बिक्री सहज भएको बताउँछन्। आफूले वर्षेनी ३० देखि ४० क्विन्टल अकबरे खुर्सानी बिक्री गर्दै आएको बताउने नेम्वाङ राँके बजारकै कारण आफूले चित्तबुझ्दो मूल्य पाएकामा खुसी छन्।

यस क्षेत्रका युवा वैदेशिक रोजगारीबाट फर्केपछि अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादनमा केन्द्रित हुँदै गएको नेम्वाङको भनाइ छ।

अकबरे खुर्सानी उत्पादनका लागि चर्चित फाल्गुनन्द गाउँपालिकाका खुर्सानी पूर्वी तराईका जिल्ला र राजधानी काठमाडौंमा निर्यात हुने गरेको छ। 

पाँचथर उद्योग वाणिज्य संघका महासचिव नवराज घिमिरे राँके बजारका कारण कृषिको व्यवसायिकीकरण, पर्यटन प्रवर्द्धन र जिल्लाको अर्थतन्त्र सुधारमा महत्वपूर्ण टेवा पुगेको बताउँछन्। 'स्थानीय उत्पादनको बिक्रीका कारण ठूलो धनराशि स्थानीय कृषकका हातमा पुगेको छ', घिमिरेले भने, 'स्थानीय उत्पादनको व्यवसाय गर्ने व्यापारीले समेत राम्रो आम्दानी गर्दै आएका छन्।' 

यहाँको मुख्य आकर्षण अकबरे खुर्सानीको उत्पादन बढाउन नेपाल उद्योग वाणिज्य महासंघको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँचथर उद्योग वाणिज्य संघले राँके छेबैको साविकको चिलिङदिन गाविसमा ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको घिमिरेले बताए। 

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो
सम्बन्धित सामग्री
जुम्ला आज सार्वजनिक बिदा कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लामा आज (बिहीबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।  कर्णाली प्रदेश सरकारले एक सूचना जारी गरी आज... बिहीबार, असोज २२, २०८३
जनकपुरको दलित बस्ती धर्मवाण टोलमा सडक, नाला र ढलको अभाव धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१९ स्थित धर्मवाण टोलका बासिन्दाले सडक, नाला, ढल र बिजुलीलगायत आधारभूत पूर्वाधारको अभाव भोग्दै आएका... बुधबार, असोज २१, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त ५०४ वटा योजना तथा कार्यक्रमका लागि प... सोमबार, असोज १९, २०८३
ताजा समाचारसबै
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
बूढीगण्डकी बाढीबारे बालेनको अपडेट : ४८ जनाको उद्धार, बेपत्ताको खोजी जारी आइतबार, असोज २५, २०८३
बुढीगण्डकी बाढी : ९५ जनाको उद्धार, ३५ जनालाई काठमाडौँ ल्याइयो आइतबार, असोज २५, २०८३
जिबुटीको तटमा डुङ्गा दुर्घटनाः १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता आइतबार, असोज २५, २०८३
लिग २ क्रिकेट : नेपालले क्यानडालाई हरायो आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? आइतबार, असोज २५, २०८३
कांग्रेस महाधिवेशन- सानेपामा उपसभापति र महामन्त्रीको मतगणना सुरु शनिबार, असोज २४, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्