• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, माघ ७, २०८२ Wed, Jan 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

प्रांगारिक उत्पादनमा रमाउँदै राँके

64x64
नेपाल लाइभ शनिबार, चैत १६, २०७५  ०८:११
1140x725

फिदिम– सडकको छेउमा रहेका पसलमा प्लाष्टिकका बट्टामा बाह्रै महिना राताम्य अकबरे खुर्सानी। मौसमअनुसार साग, इस्कुस, जरा, मटरकोसा, मुला, काउली, बन्दालगायत स्थानीय प्रांगारिक सागसब्जी। ललीपप, छुर्पी, घिउलगायत प्याकेटमा राखिएका स्थानीय दुग्ध उत्पादनहरू। 

विभिन्न प्रकारका प्रांगारिक चिया। चिमफिङ, टिम्बुर, खनक्पालगायत स्थानीय जडीबुटी। पूर्वी पहाडमा उत्पादन हुने मौसमअनुसारका किबी, सुन्तला, स्याउलगायत फलफूल। सबै वस्तु सजाएर राखिएका छन्। 

इलामबाट पाँचथर र ताप्लेजुङ जाने सबैलाई आकर्षित गर्छ यी सबै कुरा पाइने स्थानीय उत्पादनको राँके बजारले। मेची राजमार्गमा प्रायः साना सवारीसाधन गुड्छन् र ती सबै रोकिन्छन् यही आकर्षक बजारमा।

पाँचथर र इलाम जिल्लाको सिमानामा अवस्थित, मेची राजमार्गमा पर्ने राँके बजार स्थानीय उत्पादनको बजारको रुपमा परिचित छ। 

बिक्रीका लागि आकर्षक ढंगबाट राखिएका स्थानीय उत्पादनले मेची राजमार्ग भएर यात्रा गर्ने सबैलाई लोभ्याउने गरेको छ। त्यसैले यहाँ स्थानीय उत्पादनको बिक्री पनि राम्रो छ। यहाँका प्रांगारिक उत्पादन खरिद नगर्ने कमै मात्र यात्रु हुन्छन्।

 यहाँ बिक्रीका लागि राखिएका वस्तुको स्वादले धेरैलाई लठ्याउँछ, खरिद गर्ने धेरैले भन्छन्, 'आहा ! राँके।' 

पाँचथर र इलाम जिल्लामा फैलिएको राँके बजारमा दैनिक लाखौंको स्थानीय उत्पादन बिक्री हुने गरेको छ। यो बजारको आधार भनेकै मेची राजमार्ग हो। मेची राजमार्ग भएर हिँड्ने यात्रुका कारण यहाँको व्यवसाय लोभलाग्दो छ। यात्रा गर्ने अधिकांशलाई आकर्षण गर्न सक्नु यहाँका व्यवसायीको खुबी हो। 

विगत १३ वर्षदेखि राँके बजारको मध्यभागमा स्थानीय उत्पादनको व्यवसाय गर्दै आएका चन्द्रवीर तामाङ सरदरमा दैनिक रु ७ हजार मूल्यको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताउँछन्। 'ललीपप, छुर्पी, अकबरे खुर्सानी सबैभन्दा बढी बिक्री हुन्छ,' तामाङले भने, 'यो बाटोबाट यात्रा गर्ने प्रायः यात्रुले हाम्रा सामग्री खरीद गर्नुहुन्छ।' 

Ncell 2
Ncell 2

अर्का व्यवसायी नवीन नेम्वाङ दैनिक करिब रु २० हजार मूल्यको स्थानीय उत्पादन बिक्री गर्दै आएको बताउँछन्। स्थानीय उत्पादन सधैं बिक्री हुने भए पनि वडादसैं, तिहार र पाथीभरा मन्दिर दर्शनको समयमा अत्यधिक बिक्री हुने गर्दछ। 

पाथीभराको आशीर्वाद 

प्रत्येक वर्षको बैसाख, असोज, कात्तिक, मंसिर र चैतमा मेची राजमार्ग भएर लाखौं तीर्थयात्री ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिरमा दर्शन गर्न पुग्दछन्। पाथीभराबाट फर्केका यात्रु राँकेमा केही न केही सामग्री खरिद नगरी हिँड्दैनन्।

यसैले यहाँका व्यापारी ठान्छन्, 'उनीहरूको व्यापार फस्टाउनुमा पाथीभरा माताकै आशीर्वाद छ।'

'पाथीभरा जाने मौसममा बिक्री गर्नै भ्याइनभ्याई हुन्छ,' व्यवसायी नेम्वाङले भने, 'वर्षदिनको कमाइसमेत पाँच महिनामै हुन्छ।' यस्तै पूर्वी पहाड घर भई तराईका जिल्ला, ठूला सहर तथा राजधानीमा बस्नेहरू दसैंमा घर फर्कने गर्दछन्।

पाथीभरा दर्शनको मौसम पनि यही समय हो। यस समयमा राँकेमा एकैदिन करोडौंको व्यापार हुने गरेको व्यवसायीको अनुभव छ। 

सधैं धुम्म रहने, तुवाँलो लागिरहने राँके अत्यधिक ठन्डा हुने स्थानसमेत हो। यसकारण यहाँ धेरै सवारी रोकिन्छन्, यात्रुले खाना र नास्तासमेत खान्छन्। यात्रुले चिसो ठाउँमा खाना खाँदा छुट्टै आनन्द हुने बताउने गरेका कारण यहाँ धेरैले खाना खाने गरेको सवारी चालक राजु विश्वकर्माको भनाइ छ।

यसरी खाना र नास्ता खाने यात्रुहरूले खोजीखोजी प्रांगारिक उत्पादन खरीद गर्ने गरेको विश्वकर्माको भनाइ छ।

कृषकलाई सहज 

फाल्गुनन्द गाँउपालिका–३ का कृषक राजकुमार नेम्वाङ राँके बजारका कारण स्थानीय कृषि उपज बिक्री सहज भएको बताउँछन्। आफूले वर्षेनी ३० देखि ४० क्विन्टल अकबरे खुर्सानी बिक्री गर्दै आएको बताउने नेम्वाङ राँके बजारकै कारण आफूले चित्तबुझ्दो मूल्य पाएकामा खुसी छन्।

यस क्षेत्रका युवा वैदेशिक रोजगारीबाट फर्केपछि अकबरे खुर्सानीलगायत कृषि उपज उत्पादनमा केन्द्रित हुँदै गएको नेम्वाङको भनाइ छ।

अकबरे खुर्सानी उत्पादनका लागि चर्चित फाल्गुनन्द गाउँपालिकाका खुर्सानी पूर्वी तराईका जिल्ला र राजधानी काठमाडौंमा निर्यात हुने गरेको छ। 

पाँचथर उद्योग वाणिज्य संघका महासचिव नवराज घिमिरे राँके बजारका कारण कृषिको व्यवसायिकीकरण, पर्यटन प्रवर्द्धन र जिल्लाको अर्थतन्त्र सुधारमा महत्वपूर्ण टेवा पुगेको बताउँछन्। 'स्थानीय उत्पादनको बिक्रीका कारण ठूलो धनराशि स्थानीय कृषकका हातमा पुगेको छ', घिमिरेले भने, 'स्थानीय उत्पादनको व्यवसाय गर्ने व्यापारीले समेत राम्रो आम्दानी गर्दै आएका छन्।' 

यहाँको मुख्य आकर्षण अकबरे खुर्सानीको उत्पादन बढाउन नेपाल उद्योग वाणिज्य महासंघको कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँचथर उद्योग वाणिज्य संघले राँके छेबैको साविकको चिलिङदिन गाविसमा ‘एक गाउँ एक उत्पादन कार्यक्रम’ सञ्चालन गरेको घिमिरेले बताए। 

प्रकाशित मिति: शनिबार, चैत १६, २०७५  ०८:११

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोगद्वारा टोल–फ्री सेवा सञ्चालन बुधबार, माघ ७, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कमल गाउँपालिकाका कांग्रेस सचिव बुढाथोकी रास्वपा प्रवेश बुधबार, माघ ७, २०८२
बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
पतञ्जलि जग्गा प्रकरण : माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा अख्तियारबाट मिसिल झिकाउने आदेश बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा महरले पाए टिकट मंगलबार, माघ ६, २०८२
दमकमा एमाले–रास्वपाबीच झडप, एमालेलाई बिच्क्याए महँगो पर्ने ओलीको चेतावनी मंगलबार, माघ ६, २०८२
राप्रपाले टुंगो लगायो १६० क्षेत्रमा उम्मेदवार मंगलबार, माघ ६, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्