हैदरावाद- इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटअन्तर्गत राजस्थान रोयल्यसमाथि सनराइजर्स हैदरावादलले ५ विकेटको जित हात पारेको छ।
शुक्रबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको राजस्थानले २ विकेटको क्षतिमा १ सय ९८ रन जोड्यो। १ सय ९९ रनको लक्ष्य हैदरावादले १९ ओभरमै ५ विकेटको क्षतिमा पार गरेको थियो।
ब्याटिङमा राजस्थानका लागि सन्जु सामसनले शतक प्रहार गरेपनि त्यो काम लाग्न सकेन। सामसनले नटआउट १ सय २ रन जोडे। उनले ५५ बलमा १० चौका र ४ छक्का हिर्काए। अजिन्का राहाणेले ७० रनको योगदान दिए। राहाणेले ४९ बलमा ४ चौका र ३ छक्का हिर्काए।
हैदरावादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको योगदान दिए। वार्नरले ३७ बलमा ९ चौका र २ छक्का हिर्काएका थिए। अर्का ओपनर जोनी बिस्ट्रले २८ बलमा ४५ रन जोडेपछि हैदरावादले १ सय १० रनको ओपनिङ गरेको थियो। कप्तान केन विलियमसनले १४ रन जोड्दा विजय शंकरले ३५ रन बटुले। युसुफ पठानले नटआउट १६ रन र रासिद खानले नटआउट १५ रन जोडे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।