जनकपुर– महोत्तरीको सम्सीबाट लागुऔषधसहित २ जनालाई सशस्त्र प्रहरी बल र नेपाल बिओपी सम्सीले नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका अधारमा भारतबाट सम्सीतर्फ आउँदै गरेको बा २९ प ८७०६ नम्बरको मोटरसाइकलमा सवार ललितपुर बज्रबराही–१२बस्ने २९ वर्षीय कमल बुढाथोकी र सोही मोटरसाइकलमा सवार सिन्धुली कमलामाई– ४ बस्ने ३० वर्षीय राजु नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
चेकजाँचको क्रममा उनीहरूलाई खानतलासी गर्दा शरीरको विभिन्न भागमा लुकाइ राखेका १ सय १० पिस लागुऔषध प्रहरीले बरामद गरेको छ।
उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी सम्सीमा बुझाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।