बेझाड– तिनाउ खोलामा डुबेर एक युवक बेपत्ता भएका छन्।
तिनाउ गाउँपालिका–३ हेडबक्स नजीकै खोलामा आज पौडी खेल्ने क्रममा ४० वर्षीय पालुराम दाहाल बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घुम्न आएका चितवन खैरेनी नगरपालिका–२ का दाहाल पौडी खेल्न तिनाउ खोला गएका थिए। बेपत्ता दाहालको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।