ललितपुर- ललितपुरको सानेमा चोकमा बिजुलीको तार सर्ट भई सुरु भएको आगलागी नियन्त्रणमा आएको छ।
बिहान अचानक तारबाट झिल्को उठेपछि आगो लागेको थियो। यहाँका तीन ठाउँमा आगो लागेको र एक ठाउँको ट्रान्सफर्मर पड्किएको प्रहरीले जनाएको छ।
ललितपुर महानगरपालिकाको वारुणयन्त्रले आधा घन्टाको प्रयासमा आगो नियन्त्रणमा लिएको छ। यो क्षेत्रमा अहिले विद्युत अवरुद्ध भएको छ।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।