काठमाडौं– प्रदेश २ अन्तर्गत चैत्र २१ सम्म सबै केन्द्रमा सञ्चालित एसइई स्थगित गर्न सरकारले निर्देशन दिएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साँझ आकस्मिक पत्रकार सम्मेलन गरी अर्को सूचना प्राप्त नभएसम्म परीक्षा स्थगित गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएका हुन्।
स्थगित भएको विज्ञान विषयको परीक्षा भने २२ गते हुने भएको छ। स्थगित भएका बाँकी परीक्षाको सूचना भने यसै महिनाभित्र परीक्षाा बोेर्डले जारी गर्ने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
साथै परीक्षापत्र आउट भएर परीक्षार्थीलाई परेको समस्याप्रति मन्त्रालयले गम्भीर ध्यानाकर्षणसमेत जनाएको छ।
प्रश्नपत्र आउट गर्ने आपराधिक घटनामा संलग्नलाई कानुनी दायरमा ल्याउन र छानबिन गरी यथाशक्य बाहिर ल्याउन छानबिन समिति गठन गरिने विज्ञप्तिमा जनाइएको छ।
सत्यतथ्य छानबिनका लागि अनुसन्धानको लागि टोली समेत खटाइसकिएको मन्त्रालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।