काठमाडौं– ‘सशस्त्र प्रहरी महानिरीक्षक छैठौं राष्ट्रिय खुुल्ला महिला भलिबल प्रतियोगिता–२०७५’ को उपाधि नेपाल एपीएफ क्लबले जितेको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुस्थित भलिबल कोर्टमा शुक्रबार सम्पन्न फाइनल खेलमा नेपाल एपीएफ क्लबले हंगवान्जि न्यू-डाईमण्ड एकेडेमीलाई २५–१२, २५–११ र २५–११ को सोझो सेटमा पराजित गरी उपाधि हात पार्न सफल भएको हो।
यसैगरी प्रतियोगितामा नेपाल पुलिस क्लवले त्रिभुवन आर्मी क्लवलाई २५–१८, १७–२५, १३–२५, २५–२३ र १५–१३ गरी ३–२ को सेटले पराजित गरी तेस्रो स्थान हासिल गरेको छ। प्रतियोगितामा प्रथम हुने टिमले दुई लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुने टिमले एक लाख २५ हजार रुपैयाँ र तेस्रो स्थान हासिल गर्ने टिमले ५० हजार रुपैयाँ प्राप्त गरेका छन्।
प्रतियोगितामा नेपाल एपीएफ क्लवका महिला भलिबल टिमकी रेश्मा भण्डारी उत्कृष्ट भइन्। उनले स्कुटर प्राप्त गरिन्।

नेपाल एपीएफ क्लवकी नेविका चौधरी उत्कृष्ट स्पाइकर, हंगवान्जि न्यू डाईमण्ड एकेडेमीकी प्रतिभा माली उत्कृष्ट सर्भर, नेपाल एपीएफ क्लवकी मनिषा तामाङ उत्कृष्ट डिफेन्स, नेपाल एपीएफ क्लवकै सरस्वती चौधरी उत्कृष्ट ब्लकर, सोही क्लवकी विनिता बुढाथोकी उत्कृष्ट सेटर,उदयमान खेलाडीतर्फ नेपाल एपीएफ क्लवकी पुजा चौधरी र नेपाल एपीएफ क्लवका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक भएका छन् । उनीहरुले जनही ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।