काठमाडौं- प्रदेश तथा प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचनका लागि आज प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुँदैछ।
मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि ४५ जिल्लामा उम्मेदवारी दर्ताको कार्यक्रम छ। ती जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ १५६ क्षेत्र छन्।
सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि बेलुका ५ बजेसमेम उम्मेदवारी दर्ताको समय तोकिएको छ। दोस्रो चरणको निर्वाचनमा एक करोड दुई लाख ९८ हजार ८५२ मतदाता रहेका छन्।
पहिलो चरणको निर्वाचन भने ३२ जिल्लामा मंसिर १० गते हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।