नयाँ दिल्ली (एजेन्सी)– आशिष नेहराको विदाई क्रिकेटमा भारतले न्युजिल्यान्डलाई ५३ रनले पराजित गरेको छ। घरेलु मैदान नयाँ दिल्लीमा भएको पहिलो टि–२० मा उनी विकेटबाट २ पल्ट चुकेका थिए। उनको बलमा दुईवटा क्याच छुटेको थियो।
भारतले पहिलो इनिङमा बनाएको २ सय २ रनको लक्ष्यलाई पछ्याउने क्रममा न्युजिल्यान्डले ८ विकेटको क्षतिमा १ सय ४९ रन मात्र बनायो।
यसअघि भारतले प्रारम्भिक ब्याट्सम्यान शिखर धवन (८०) र रोहित शर्मा (८०) को पहिलो विकेटको १ सय ५८ रनको साझेदारीका कारण ३ विकेटको क्षतिमा २ सयभन्दा माथिको योगफल बनाउन सफल भएको थियो।
न्युजिल्यान्डका लागि लाथम ३९, केन विलियम्सन २८ र सान्टनरले २७ मात्र रन राम्रो रन जोडेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।