नयाँ दिल्ली (एजेन्सीं)– भारतका प्रारम्भिक ब्याट्सम्यान रोहित शर्मा जतिबेला फर्ममा हुन्छन्, उनी विश्वकै खतरनाक प्रारम्भिक ब्याट्सम्यान मानिन्छन्। बुधबार न्युजिल्यान्ड विरुद्ध सुरु भएको टि–२० शृंखलामा पनि उनी यही रुपमा देखा परे।
कानपुरमा तेस्रो एकदिवसीयमा १ सय ३८ बलमा १ सय ४७ रन बनाएका रोहितले टि–२० को पहिलो खेलमा पनि ५५ बलमा ४ छक्का र ६ चौकाको सहयोगले ८० रन बनाए। उनको शिखर धवन (८०) को पहिलो विकेटका लागि १ सय ५८ रनको साझेदारीका कारण भारतले २० ओभरमा ३ विकेट गुमाएर २ सय २ रन बनाएको थियो।
उनी यही खेलमार्फत टि–२० मा सर्वाधिक छक्का प्रहार गर्ने भारतीय ब्याट्सम्यान बन्न पुगेका छन्। उनले सुरेश रैनाको कीर्तिमानलाई पछाडि छोड्ने क्रममा टि–२० मा २ सय ६६ छक्का पुरा गरे। रैनाको नाममा यसअघि २ सय ६५ छक्काको कीर्तिमान थियो। टि–२० मा सर्वाधिक छक्काको कीर्तिमान वेष्ट इन्डिजका क्रिस गेलको नाममा छ। उने ३ सय ९ खेलमा ७ सय ७२ छक्का प्रहार गरेका छन्।
रोहितले टि–२० मा १३ सय रन पुरा गरेका छन्। उनी टि–२० मा सर्वाधिक रन बनाउने दोस्रो भारतीय ब्याट्सम्यान हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।