काठमाडौं- बुधबार साँझ राजधानीको कमलादीमा भएको गोलीकाण्डमा पक्राउ परेका दुई भारतीय नागरिक भारतीय नम्बर प्लेटको गाडीमा आएको पाइएको छ । प्रहरीले उनीहरु सवार कार नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार, उनीहरु पिबि१०एफएस ७४४९ नम्बरको कारमा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए । उनीहरु मंगलबार मात्र काठमाडौं आएका हुन्।
पक्राउ परेका अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखेर सोधपुछ गरिरहेको प्रहरीले बताएको छ।
खाजा खाएको बिलको विवादमा गोली चलेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । गोली हानेर भाग्ने क्रममा दुई जनालाई महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए ।
उनीहरु सार्पसुटर भएको प्रहरीले पुष्टि गरेको छ । पञ्जावको लुधियाना घर भएका जसवन्त सिंह र देवेन्द्र सिंहलाई गोली हानेर भाग्दै गर्दा पक्राउ गरेको हो । कमलादीको हेरिटेज प्लाजामा बसेका उनीहरुले आफूहरु प्रहरी भएको भन्दै गोली चलाएर भागेका थिए । होटलको बिलका साथै एक युवतीसँग विवाद भएपछि उनीहरुले गोली चलाएको बताइएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।