नयाँ दिल्ली (एजेन्सी)– सोसल मिडिया साइट ट्विटरमा भारतीय काँग्रेसका उपाध्यक्ष राहुल गान्धीले जापानी मार्सल आटर््सको कला अकिडो खेलेको तस्बिर सार्वजनिक गरेपछि यसले ठूलो चर्चा पाएको छ। ४७ वर्षीय राहुल काँग्रेस पार्टीकै अध्यक्ष बन्ने हल्लाका बीच यो तस्बिर सार्वजनिक भएको हो। उनलाई केही दिन अगाडि बक्सर बिजेन्द्र सिंहले खेलसँग सम्बन्धित प्रश्न सोधेका थिए।
यसैको पुष्टी गर्न राहुलले सोसल मिडियामा तस्बिर सार्वजनिक गरेको हुन सक्ने बताइएको छ।
बिजेन्द्रको खेलसँग सम्बन्धित प्रश्नको जवाफमा राहुलले आफू हरेक बिहान एक घण्टा अकिडोको अभ्यास गर्ने बताएका थिए। राहुलले आफू लगातार खेलसँग जोडिएको बताएका थिए। यसपछि बिजेन्द्रले राहुललाई तस्बिर सार्वजनिक गर्न आग्रह गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।