नयाँ दिल्ली (एजेन्सी)– भारतीय क्रिकेट टिममा फर्किने इरफान पठानको योजनामा गम्भीर धक्का लागेको छ, जब उनलाई दुई खेलपछि नै बडोदराको रणजी टिमको कप्तानीबाट हटाइएको छ।
यति मात्र होइन, उनलाई त्रिपुरा विरुद्ध तेस्रो खेलभन्दा अगाडि १५ सदस्यीय टिमबाटै बाहिर राखिएको छ। बडोदरा रणजी ट्रफीमा आफ्नो समूह ‘सी’ मा सबैभन्दा तल्लो क्रममा छ।
इरफानको स्थानमा दीपक हुड्डालाई कप्तानी सुम्पिएको छ। इरफानले हालसम्म प्रतियोगितामा २ विकेट मात्र लिएका छन्। उनलाई कप्तानीबाट हटाइएको विषयलाई लिएर सबै चकित छन्। उनले मध्यप्रदेश विरुद्ध पहिलो खेलमा ८० रन बनाएका थिए।
कप्तानीबाट आफूलाई हटाइएपछि निराश बनेका इरफानले ट्विटमार्फत लेखेका छन्, ‘हाकिमलाई गुड मर्निङ नगर्दा र चाटुकार नबन्दा तपाईको विरुद्ध हुन सक्छ...तर चिन्ता लिनु पर्दैन। आफ्नो काम गरि राख।’
उनले आफूलाई कप्तानीबाट हटाउनु पर्ने कारण माग गरेका छन्। भनेका छन्, ‘मुद्धा प्रदर्शनको होइन। फिटनेशको मुद्धा पनि छैन्। अनुशाषन पनि मुद्धा होइन। सबै कुरा तपाईले बिसिएबाट थाहा पाउन सक्नु हुन्छ।’
सन् २००३ मा टेस्ट करिअरको सुरुवात गरेका इराफानले २००८ मा अन्तिम टेस्ट दक्षिण अफ्रिका विरुद्ध खेलेका थिए। उनले टेस्टमा ह्याट्रिक लिन कीर्तिमान पनि बनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।