काठमाडौं– बुधबार साँझ कमलादीमा गोली चलेको छ । गोली हानेर भाग्ने क्रममा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी वृत्त कमलपोखरीले पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो।
‘गोली चलेको हो, कसैलाई लागेको छ/छैन बुझिरहेका छौं’, महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले भने,‘गोली हान्नेहरु पक्राउ परिसकेका छन्।’
अपडेट : कमलादीमा भएको गोलीकाण्ड खाजा खाएको बिलको विवादमा भएको खुलेको छ । धेरै बिल भएको भन्दै थर्काउन दुई युवकले गोली चलाएका हुन् ।
प्रज्ञा भवन छेउमा रहेको गण्डकी खाजा घरमा गोली चलेको छ । २२ सय रुपैयाँ बिल उठेपछि दुई युवकले झगडा गरेका थिए । त्यही क्रममा उनीहरुले आफुहरु सादा पोशाकको प्रहरी भन्दै गोली चलाएर भागेको हुन् । भाग्ने क्रममा कमलादी गणेशस्थानबाट उनीहरु पक्राउ परेका हुन् । पेस्तोलसहित नै पक्राउ गरिएको र सोधपुछ भइरहेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी रामदत्त जोशीले बताए । गोली कसैलाई लागेको छैन । पक्राउ परेका अभियुक्तलाई कमलपोखरी वृत्तमा राखेर सोधुपुछ भइरहेको छ ।
यो पनि पढौं:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।