बैंग्लोर- विराट कोहलीले इन्डियन प्रिमियर लिग (आइपिएल) टी-२० क्रिकेटअन्तर्गत बिहीबार राति अम्पायरको निर्णयको चर्को आलोचना गरेका छन्। रोयल च्यालेन्जर्स बैंग्लोर र मुम्बई इन्डियन्सविरुद्धको खेलको अन्तिम बलमा अम्पायरले गलत निर्णय गरेको भन्दै कोहली आक्रोसित बनेका हुन्। खेलमा विराटको कप्तानीमा रहेको बैंग्लोरलाई मुम्बईले ६ रनले पराजित गरेको थियो।
अन्तिम बलमा बैंग्लोरलाई जितका लागि ७ रन तथा बराबरी गर्न ६ रन आवश्यक थियो। स्ट्राइकरमा बैंग्लोरका शुभम दुबे थिए भने बलिङमा थिए मुम्बईका लासिथ मालिङ्गा। अन्तिम बल नो बल भएको भिडियो रिप्लेमा देखिएको थियो। तर अम्पायरले त्यसमा कुनै प्रतिक्रिया दिएनन्। जुन बल डटको रुपमा रहदा बैंग्लोर पराजित भयो।
'हामी क्लब क्रिकेट होइन आइपिएल क्रिकेट खेलिरहेका छौं,' भारतीय राष्ट्रिय टिमका कप्तान समेत रहेका कोहलीले भने,'यो हास्यास्पद निर्णय हो। अम्पयारले राम्रोसँग हेर्नु पर्थ्यो। खेल मार्जिनको हो। त्यसैले उनीहरु बढी तिखा र चनाखो हुनु पर्छ।'
नो बल भिडियो रिप्लेमा स्पष्ट देखिएको थियो। मैदानमा रहेको स्कृनमा पनि त्यो दृष्य देखाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।