बैंग्लोर- इन्डियन प्रिमियर लिग (आइपिएल)टी-२० क्रिकेट प्रतियोगितामा बैंग्लोर दोस्रो खेलमा पनि पराजित भएको छ। बैंग्लोरलाई बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सले ६ रनले पराजित गरेको हो।
पहिले ब्याटिङ गरेको मुम्बईले ८ विकेटको क्षतिमा १ सय ८७ रन जोडेको थियो। जवाफी ब्याटिङ गरेको बैंग्लोरले ५ विकेटको क्षतिमा १ सय ८१ रन मात्र जोड्न सक्यो। बैंग्लोरका लागि एबी डिभिलियर्सले नटआउट ७० रन जोडे पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। उनले ४१ बलमा ४ चौका र ६ छक्का हिर्काएका थिए। त्यसअघि कप्तान विराट कोहलीले ४६ रन र पार्थिव पटेलले ३१ रन जोडे।
त्यसअघि मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ रन जोडे। सूर्यकुमार यादवले ३८ रन जोडे भने युवराजले सिंहले २३ रनको योगदान दिए। हार्दिक पाण्ड्याले १४ बलमा २ चौका र ३ छक्काको मद्दतमा नटआउट ३२ रन जोडे।
बलिङमा बैंग्लोरका युजभेन्द्र चाहालले ४ विकेट लिए। जारी लिगमा मुम्बईको यो पहिलो जित हो भने बैंग्लोरको दोस्रो हार हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।