कपिलवस्तु- १४ केजी चरेससहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विजयनगर गाउँपालिका–२ लोहरौला बस्ने ५५ वर्षीय बिन्तीराम थारु र रोल्पाको तेलाङ–२ घर भएका २९ वर्षीय दीपक रोका मगर रहेका छन्।
इलाका प्रहरी कार्यालय गणेशपुर तथा इलाका वन कार्यालय गुगौली कपिलवस्तुबाट गस्तीमा खटिएको टोलीले बुधबार उनीहरुलाई विजयनगर गाउँपालिका–१ भैसैयाँ भन्ने स्थानबाट पक्राउ गरेको हो। सिमेन्टको बोरामा लुकाइछिपाई उक्त चरेससहित उनीहरु पक्राउ परेका हुन्।
यसैगरी, नेपालगञ्ज उपमहानगरपालिका–२० बस्ने २८ वर्षीय बड्कउ अली शेख र २८ वर्षीय नन्दराम हरिजन लागुऔषध ब्राउन सुगर १३ ग्रामसहित पक्राउ परेका छन्।
रा.२ प ९८४८ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा ब्राउन सुगर बरामद भएको थियो।
यस्तै, पर्साको गरनाथपुर गाउँपालिका–४ भलुवाहीखोलाबाट भारतको विहार गोपालगञ्ज शीतलबारदाहा बस्ने ४२ वर्षीय हरिन्दर यादव गाँजा १० किलोसहित पक्राउ परेका छन्। घटनाबारे स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।