ग्वाटेमाला सिटी- ग्वाटेमाला सहरको एक राजमार्गमा बुधबार राति भएको सडक दुर्घटनामा परि कम्तीमा ३० ग्वाटेमाली नागरिकको मृत्यु भएको छ।
एक यात्रुबाहक बस अर्को एक सानो ट्रकसँग ठोक्किँदा सो दुर्घटना भएको उद्धारकर्मीहरूले जानकारी दिएका छन्।
उक्त दुर्घटना पश्चिमी सहर नहुआला सहरको प्रवेशद्धारमा भएको थियो।
उक्त सहरमा केही हजार मात्र व्यक्तिको बसोवास रहेको छ। यस दुर्घटानामा परि मृत्यु हुनेमा अधिकांश त्यहाँका आदिवासी समुदायका नागरिक रहेका छन्।
त्यस दुर्घटनामा करिब ३० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। घाइतेहररूलाई स्थानीय अस्पताल पुर्याइएको बताइएको छ।
दुर्घटनापछि ट्रक चालक फरार रहेको जनाइएको छ। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले उनका कारण नै सो दुर्घटना हुन पुगेको बताएको छ ।
मध्यअमेरिकी देश ग्वाटेमालामा यस्ता दर्घटना सामान्यजस्तै भएका छन्। सवारी चालकहरूले ट्राफिक नियमको उल्लङ्घन गर्ने गरेका छन्।
यहाँका सार्वजनिक सवारी चालकहरूले पनि ट्राफिक नियम उल्लङ्घन गरी दुर्घटना गराउने र भाग्ने गरेका हुन्छन्। पछिल्ला समयमा उक्त देशमा सडक दुर्घटनाहरु यही कारणले पनि बढ्ने गरेको बताइन्छ।रासस/एएफपी)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।