एजेन्सी- न्युयोर्कमा स्लामिक स्टेट सम्बद्ध ट्रक ड्राइभरले ८ जनाको हत्या गरेका छन्। सो घटनामा ११ जना घाइते भएका छन्।
ट्रकलाई साइकल लेनमा मोडेर उनले ८ जनाको ज्यान लिएको बिबिसीले जनाएको छ।
आप्रवासी रहेका २९ वर्षीया सेफुलो सेपोभले म्यानहटनको साइकल लेनमा ट्रक कुदाएका हुन्। ट्रकको गति कम नगरेपछि प्रहरीले उनीमाथि गोली प्रहार गरेको थियो। २९ वर्षीय सेपोभ प्रहरीको नियन्त्रणमा छन्।
घटनाको भर्त्सना गर्दै न्युयोर्कका मेयर बिल डे ब्लासियोले अमेरिकी नागरिकहरुमाथि कायरतापूर्ण हमला भएको बताएका छन्। 'यस्ता कार्यरतापूर्ण हमलाबाट न्युयोर्कवासी अत्तालिनेछैनन्। आतंकवादविरुद्ध मजबुद र एकताबद्ध भएर लड्नेछन्,' मेयरले भने।
राष्ट्रपति डोनल्ड ट्रम्पले मृतकहरुप्रति समवेदना प्रकट गरेका छन्। 'घटनाका पीडित परीवारहरुप्रति मेरो समवेदना छ। भगवान् र राष्ट्र तपाईंहरुको साथमा छ,' उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।